‘पद्मावती’को सुटिंगको क्रममा घाइते भए रणवीर सिंह

...

<pre><b>जेठ, काठमाडौं</b></pre><p>बलिउड एक्टर रणवीर सिंह यतिवेला फिल्म पद्मावतीको सुटिंगमा व्यस्त छन्। यसै विच उनको बारेमा दुखद खवर बाहिरिएको छ। भारतीय मिडियाका अनुसार फिल्मको सुटिंगको क्रममा उनी घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको थियो र उनलाई लिलावती अस्पतालमा पुर्याइएको थियो। <br><p>बताइएअनुसार रणवीर फिल्म को क्लाइमेक्स शूट गरिरहेका थिए त्यतिवेला उनलाई चोट लाग्न पुग्यो। रणवीर शूटिंगमा यति तल्लिन थिए कि उनलाई चोट लागेका पनि पत्तो भएन। निर्देशकले कट भनेपश्चात सबले उनको टाउकोमा रगत बगिरहेको देखेर उनलाई तुरुन्तै अस्पताल लगियो। रणवीर को टाउकोमा गहिरो चोट लागेको छ तैपनि उनले फिल्मको सुटिंग रोकेका छैनन्। अस्पतालमा आएलगत्तै उनले फिल्मको सुटिंग सकेका थिए।&nbsp;एजेन्सी</p></p>