‘पर्व’ प्रतिक्रियाबाट उत्साहित छुः माला लिम्बु

जेठ, काठमाडौं ।

गएको शुक्रबारबाट देशब्यापी रिलिजमा आएको चलचित्र ‘पर्व’ मा मुख्य भुमिका निभाएकी नायिका मध्येकि एक हुन् माला लिम्बु । नायिका नम्रता श्रेष्ठको साथी बनेर अभिनय गरेकी मालाको ‘पर्व’ मा दमदार अभिनय देख्न सकिन्छ । त्यसो त चलचित्र अगावै चलचित्रमा समावेश ‘काले दाई’ बोलको गीतबाट चर्चामा रहेकी मालालाई दर्शकले अभिनयमा कत्तिको रुचाउलान् भन्ने ढुकढुकी थियो ।

चलचित्र रिलिज भएसँगै मालाले राम्रो प्रतिक्रिया पाएको बताएकी थिइन् । मालाले चलचित्र हेरिसकेपछि दर्शक तथा अन्य चलचित्रकर्मिले दिएको प्रतिक्रियाबाट आफु उत्साहित भएको बताएकी छिन् । ‘मलाई दर्शकले गीतबाट धेरै मन पराउनु भयो र अभिनय हेर्न बाँकी थियो । जति दर्शकले चलचित्र हेरेर प्रतिक्रिया दिनुभएको छ त्यसबाट धेरै उत्साहित छु । आगामि दिनमा अझै राम्रो गर्नका लागी हौसला मिलेको छ ।’, मालाले आर्टिस्ट खबरसँग कुरा गर्दै भनिन् ।

खासै नेपाली भाषा बोल्न नसक्ने माला भनेर बिभिन्न समाचार आइरहँदा उनले चलचित्रमा भने निकै राम्रो अभिनय र प्रष्ट नेपाली बोलेको पाइन्छ । दिनेश राउतले निर्देशन गरेको सस्पेन्स थ्रिलर चलचित्रमा नम्रता र मालाको साथमा कोसिस क्षेत्री र जेविका काकीको पनि मुख्य भुमिका रहेको छ । चलचित्रको स्क्रिष्ट नायक कोसिसले नै लेखेका हुन् ।