<pre><b>जेठ, काठमाडौं।</b></pre><p>बलिउड स्टार रणवीरका साथमा ‘ए दिल हे मुश्किल’ बनाएका निर्माता करण जोहरले फिल्मको सफलता पछि रणवीरको साथलाई निरन्तरता दिनेछन् भन्ने सोच सबैमा रहेको थियो। फिल्मले अपार सफलता गरेपछि बलिउड नगरीमा करणले फेरि रणवीरलाई लिएर फिल्म बनाउन लागेको चर्चा समेत चल्न थालेको थियो। तर आफ्नो ४५ औं जन्मदिनको अवसरका कुरा गर्ने क्रममा करणले यि सोचहरु गलत भएको बताएका छन्।उनले आफ्नो आगामी फिल्मका लागि रणवीरको बारेमा नसोचेको जनाएका छन्। </p><p>भारतीय मिडियाका अनुसार करणले आफ्नो आगामि प्रोजेक्टको बारेमा तयारी नभएको र फिल्मको बारेमा केही पनि फाइनल नभएको बताएका छन्। उनले पछिल्लो पटक रणवीर कपुर ,अनुष्का शर्मा र ऐश्वर्या रायको साथमा ए दिल है मुश्किल निर्देशन गरेका थिए। एजेन्सी</p><div><br></div>