अन्जु पन्तले गरिन् सुकुम्बासी बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;पछिल्लो समय नेपाली सेलिब्रेटीहरु समाज सेवामा पनि सक्रिय देखिन थालेका छन्। यस्तै आफ्नो काम का साथै समाजसेवामा लागी परेका सेलिब्रेटी मध्ये एक हुन् चर्चित गायिका अन्जु पन्त। उनले आफ्नै नामको अन्जु पन्त फाउण्डेसन स्थापना गरेर समाज सेवामा पहल गर्दै आएकी छिन्। <br><p>यसैविच शनिवार अन्जुले फाउन्डेसनबाट बाग्मती किनारमा रहेका सुकुम्बासी बस्तिका २२५ बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेकी छिन्। &nbsp;जागरण प्रि–प्राइमरी स्कूलको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा उनले बालबालिकाहरुलाई स्कूल ब्याग तथा कापि कलम सहयोगका साथमा गीत बाट मनोरञ्जन पनि गराएकी थिइन। उनले कार्यक्रममा बोल्दै आफ्नो फाउण्डेसनको उद्देश्य बालबालिका, महिला र मानव बेचविखनको क्षेत्रमा कार्य गर्ने रहेको बताएकी छिन्। साथै उनले आफ्नो अभियानमा कलाकार, पत्रकार, समाजसेवी तथा अन्य शुभचिन्तकहरुको साथले पनि उत्साह थप्दै गएको बताइन्।&nbsp;</p></p>