दिपेनद्धारा आफुलाई बचाइदिन अपिल, अप्रेसनका लागी ५० लाखको आवश्यक (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>चर्चित हाँस्य टेलिऋंखला 'झ्याईकुटी झ्याँइ' बाट दिपेन सरको रुपमा चिनिएका कलाकार दिपेन शाह संसारकै होचा व्यक्तिको रुपमा चिनिन्छन्। आफ्नो अशक्तपन भएपनि कलाकारिता मार्फत दर्शकहरुलाई हँसाउँदै आएका दिपेन बोनम्यारोको रोगका कारण पिडित छन्। उनी अहिलेपनि औषधि प्रयोग गरिरहेका छन्। चर्चित कलाकार,डान्सर तथा &nbsp;जादुगर महादेव त्रिपाठीको साथका कारण कलाकारितामा भित्रिएका उनी महादेवकै साथमा विभिन्न कार्यक्रमहरुमा पनि प्रस्तुति दिँदै आएका छन्। उनले महादेव त्रिपाठीको प्रर्दशनमा आउने क्रममा रहेको चलचित्र 'जोक्कर' मा हिरोको रुपमा अभिनय पनि गरेका छन्।&nbsp;</p><p>दुवै खुट्टामा हड्डीभित्रको मासीको कमि भएका कारण यस्तो अवस्थामा आइपुगेका उनको उपचारका लागि ५० लाख रकम लाग्ने बताइएको छ। दिपेनको उपचारका लागि सरकारको तर्फबाट कुनै सहयोग नआएकाले कलाकारिताको माध्यमबाट सहयोग रकम जुटाइरहेको त्रिपाठीले जनाएका छन्। र अहिलेसम्म उनको उपचारका लागि करिब २२ लाख रकम जुटिसकेको बताइएको छ। डाक्टरले ३ वर्ष भित्र अप्रेसन गरिसक्नुपर्ने बताएको भन्दै त्रिपाठी तथा दिपेन ले सहयोगका लागि अपिल गरेका छन्। आर्टिष्ट खवर संगको कुराकानीमा सहयोगको अपिल गर्दै दिपेनले भने -'म बाँच्न चाहन्छु, मलाई बचाउनुहोस'। आर्टिष्ट खवरसंगको उनको कुराकानी यस्तो रहेको छ:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/NcB0MJ8Ipzw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>