आर्टिस्ट खबर । जेठ, काठमाडौं ।

कस्तो रैछ हङकङको धन पनि, ढुंगै रहिछ मायाको मन पनि ।

हङकङ आइडीले, अब त बिर्सेछ मलाई सोल्टिले ।।

यो लोक दोहोरी गीत आजभन्दा १४ वर्षअघि बजारमा आएको थियो । त्यो समयमा हङकङमा बसोबास गर्ने आइडी पाउनु ठूलो कुरा मानिन्थ्यो । त्यसैबेलाको कुरालाई समेटेर गायक मिलन लामाले ‘हङकङ आइडीले’ बोलको गीत ल्याए र जुन गीत निकै चर्चित हुन पुग्यो ।

त्यो समयमा यो गीतको अडियो क्यासेट पनि निकै बिक्यो । जब बजारमा यो गीत यत्रतत्र हुन थाल्यो धेरैको मुखमा झुण्डिने गीत बन्न पुग्यो । अझ हङकङ वासीले त यो गीत धेरै मन पराए । हङकङमा हुने नेपाली कार्यक्रमहरूमा अहिले पनि यो गीतले राम्रो स्थान पाइरहेको हुन्छ ।

मिलन लामा, बिमाकुमारी दुरा र सुनुमाया चेपाङले गाएको यो गीतकै कारण गायक/गायिकालाई पनि दर्शक माझ चिनिनका लागि ठूलो सहयोग मिल्यो । गायक मिलनले यही गीतका कारण हङकङवासीको माया अझै पनि उत्तिनै पाएको बताउँछन् । साथै मिलन अहिले पनि कार्यक्रमका लागि हङकङमा गहिरहेका हुन्छन् ।

यसैबीच गायक मिलन २८ मे मा हङकङमा भएको भव्य कार्यक्रममा सहभागी भएर आएका छन् । मिलनले दिएको जानकारी अनुसार हङकङमा आउनु भएका दर्शकले आफ्नो हङकङ आइडीले गीत सुन्नका लागिी निकै आतुर भएको र २÷३ पटकसम्म गाउँदा पनि दर्शकको धित मर्दैन । ‘म अहिलेसम्म धेरै देशहरूमा कार्यक्रमकै लागि पुगेको छु तर जब म हङकङ पुग्छु यो मेरो गीतले त्यहाँ एक किमिमको फरक स्थान बनाएको छ’, मिलनले भने । उनी अहिलेसम्म हङकङमा पाँच पटक कार्यक्रमकै लागि पुगिसकेका छन् ।

साथै आउँदो १ जुलाईमा गायक मिलन पुनः हङकङमै जाने भएका छन् । लुम्बिनी क्लब हङकङले आयोजना गर्ने कार्यक्रममा मिलनलाई निमन्त्रणा गरिएको हो । प्राय हङकङमा हुने कार्यक्रममा नछुट्ने मिलन एक महिनाको अन्तरमा पुनः हङकङका दर्शकलाई सांगीतिक मनोरञ्जन दिनेछन् । मिलनसँगै नेपालबाट गायक कृष्ण कँडेल, बिश्व दोङ र गायिका मिना लामा पनि सांगीतिक प्रस्तुतीकै लागि जानेछन् ।

यो सामाग्री हिमालय टाईम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ ।