‘धुर्मुस-सुन्तलीको कार्य अदभुत हुनेछ’- प्रमोद खरेल

जेठ, काठमाडौं।

पछिल्लो समय सामाजिक कार्यमा जुटिरहेका हाँस्यकलाकार द्वय सिताराम कट्टेल तथा कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) ले फेरि नयाँ प्रोजेक्ट घोषणा गरेका छन्।  ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर अगाडी बढ्न लागेको यो प्रोजेक्ट 'नमुना नेपाल'मा सम्पुर्ण नेपाल नै अट्ने बताइएको छ ।

उनीहरुको यस्तो कार्यका बारेमा हामीले विभिन्न कलाकारहरु संग कुराकानी गरेका थियौं। यसैमध्ये गायक प्रमोद खरेल भन्छन् -'धुर्मुस सुन्तलीको यो कार्य निकैनै प्रशंसनीय हुनेछ। उहाँहरुले राम्रो काम  गर्दै हुनुहुन्छ उहाँहरुलाई धेरै नै बधाई छ। यस भन्दा अघिका कार्यले पनि उहाँहरुलाई धेरै व्यक्तिहरुले विश्वास गरिसक्नुुभएको छ। असम्भव भन्ने त यो संसारमा केही छैन्'।

धुर्मुस सुन्तलीको यो कार्य सानो कुरा नभएको बताउँदै उनले भने-'यो निकैनै कठिन कार्य हो तैपनि असम्भव भन्ने छैन्। यदि सफल भयो भने निकैनै अदभुद कार्य हुनेछ।यसका लागि देश विदेशमा रहेको व्यक्तिहरुको साथै  सरकारले पनि सहयोग गर्नु पर्ने देखिन्छ्। प्रोजेक्टको लागि तोकिएको ५०० रोपनि जग्गा जुटाउनु पनि ठुलो कुरा हो। यस कारण सबैबाट साथ सहयोग भयो भने उनीहरुको यो योजना सफल हुने छ'।