भोजपुरीमा गएर गल्ति गरेको छैनः बिराज भट्ट

आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

एक्सन नायक बिराज भट्ट पछिल्लो समय नेपाली चलचित्र सँगै भोजपुरी चलचित्रमा काम गरिरहेका छन् । एक समय एक्सनमा निकै जमेका बिराज बिचमा लामै समय दर्शकमाझ हराए । त्यसले गर्दा पनि नेपाली चलचित्रक्षेत्रमा एक्सन चलचित्रहरु निकै कम आए, पछि पुनः उनी ‘जय परशुराम’ चलचित्रबाट कमब्याक भए ।

बिराजले आफुले नेपाली चलचित्र पुर्णरुपमा नछोडेको र भोजपुरी सँगै यता नेपाली चलचित्रको पनि काम गरिरहेको बताएका छन् । सोमबार राजधानीमा भएको एक कार्यक्रममा बिराजले आफुले सधै नेपाली चलचित्रलाई माया गर्ने र नछोड्ने पनि बताएका थिए । ‘मैले भोजपुरी चलचित्रमा काम गरेँ भनेर यहाँ बिभिन्न थरिका कुरा भइरहेको पाउँछु मैले नेपाली चलचित्रक्षेत्र पुर्ण रुपमा छोडेर गएको हैन । यता पनि काम गरिरहेको छु ।’, बिराजले भने । साथै बिराजले आफु भोजपुरी चलचित्रमा काम गर्दा कुनै गल्ति नभएर झन् नेपालका लागी फाइदा भएको पनि बताएका छन् । ‘म त्यता जानु कुनै गलत काम होइन यो त झन् नेपालका लागी फाईदाको कुरा हो । किनकी नेपालको नाम रहन्छ, मैले त्यहाँ काम गरिरहँदा नेपालको बारेमा धेरै कुरा हुन्छ उनीहरुले नेपालको बारेमा धेरैथाहा पाउन खोज्छन् त्यो पनि फाइदाको कुरा हो ।’, बिराजले भने ।

बिराजले आफु भोजपुरीमा जाँदा झन् राम्रो भन्नु पर्नेमा धेरैले अनेक कुरा गर्नेगरेको भन्दै दुखेसो पनि पोखेका थिए । उनले सके अरुले पनि अन्य देशका धेरै चलचित्रका काम गर्नु झन् राम्रो भएको बताएका थिए । बिराजले अब छिट्टै नै अर्को चलचित्र लिएर नेपाली दर्शक माझ आउने पनि जानकारी गराएका थिए ।