साउन, काठमाडौं । हाँस्य टेलिश्रृंखला मेरीबास्सैमा ‘बल्छि धुर्बे’ को भुमिका निभाउँदै आएका कलाकार मरिचमान श्रेष्ठ अब गायन क्षेत्रमा पनि प्रवेश गरेका छन् । लामो समय हाँस्य अभिनयमा सक्रिय रहेको बल्छिले आधुनिक गितबाट आफ्नो गायन क्षेत्रमा सुरुवात गरेका हुन् । मेरीबास्सै बाट चर्चामा आएका बल्छि धुर्बेले आफ्नो पहिलो स्वर टाढा छैनौं बोलको गितमा दिएका हुन् । हाँस्यव्यङ्ग्य क्षेत्रबाट एकाएक संगीत क्षेत्रमा हामफालेका बल्छिले हाँस्य अभिनय सँगै आफूलाई नेपाली सांगीतिक बजारमा स्थापित गरेरै छाड्ने बताउँछन् ।
बल्छीको उक्त गीतमा चर्चित संगीतकार रमेशराज भट्टराईको शब्द, संगीतको संयोजन रहेको छ । श्री पाण्डे र बिमल अधिकारीको अभिनयको अभिनय रहेको छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेको छायांकन रहेको छ । म्यूजिक भिडीयोलाई भावना म्यूजिक सोलुसनले उत्पादन तथा बजार प्रर्वद्धन गरेको हो ।
भिडियो ।