‘धनपति’को दर्शकलाई अफर, म्यासेज पठाउनुहोस जित्नुहोस खगेन्द्र संगै डिनर गर्ने मौका

असार, काठमाडौं।

डेब्यु चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ तथा 'पशुपतिप्रसाद' बाट दर्शकहरुमाझ प्रिय बनेका नायक तथा लेखक खगेन्द्र लामिछाने पछिल्लो समय चलचित्र क्षेत्रमा निकैनै चर्चित कलाकारको रुपमा चिनिन्छन्। 'पशुपतिप्रसाद'को अपार सफलता पछि उनी यतिवेला अर्को चलचित्र 'धनपति' लिएर दर्शकहरुमाझ आएका छन्। उनको यो चलचित्र पनि निकैनै प्रतिक्षित बनेको छ।

यसैविच चलचित्रको प्रचारप्रसारको क्रममा व्यस्त रहेका नायक खगेन्द्रले आफ्ना प्रशंसकहरुमाझ एक अफर ल्याएका छन्। निर्माण पक्षले दर्शकहरुले खगेन्द्रसंगै बसेर खाना खाने र चलचित्र हेर्न पाउने व्यवस्था गरेको छ। तर यो व्यवस्था केवल केही भाग्यमानी ६ जनाको लागि हुनेछ। जसका लागि दर्शहरुले निर्माण पक्षले दिएको एक नम्बरमा आफ्नो नाम र ठेगाना लेखेर एसएमएस गर्नुपर्ने बताइएको छ। यस कुराको विस्तृत जानकारी दिँदै निर्देशक दिपेन्द्र के खनालले फेसबुकमा एक तस्विर सार्वजनिक गरेका छन्।  सन्देश पठाउनेहरु बाट छानिएका ६ जना मध्ये २ जनाले ३ दिनको पोखरा भ्रमण गर्न पाउने , २ जना ले धनपति टिमसंग संगै बसेर डिनर गर्न पाउने तथा अर्का २ जनाले चलचित्रको प्रिमियरमा सहभागी हुन पाउनेछन् ।

असार २३ गतेबाट प्रर्दशनमा आउने चलचित्र 'धनपति'मा खगेन्द्रका साथै सुरक्षा पन्त, मनिष सिटौला, आशान्त शर्मा, सुरबी बर्तौला, प्रकाश घिमिरे, रबि गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रोजिना सिटौलाको निर्माण रहेको छ।