‘रईस’ प्रमोशनमा भएको घटनामा शाहरुखमाथि मुद्धा पर्न सक्ने

असार ,काठमाडौं।

बलिउड एक्टर शाहरुख खानमा माथि मुद्धा पर्न सक्ने देखिएको छ। फिल्म ‘रईस’को प्रोमोशनको क्रममा भएको एक व्यक्तिको मृत्युको केसमा उनी मिसिन सक्ने भारतीय मिडियाले जनाएको छ। बताइएअनुसार फिल्म 'रईस'को प्रमोशनको क्रममा भारतको गुजरातमा भएको भिड र भागदौडका क्रममा एक व्यक्तिको मृत्यु भएको थियो।

मिडिया रिपोर्टका अनुसार  पश्चिम रेलवेको डिएसपी तरुण बरोतले आफ्नो रिपोर्टमा शाहरुख खान र एक्सल इन्टरटेनमेन्ट प्राईभेट लिमिटेड माथी भारतको कानुनअनुसार मुद्धा चलाउने आदेश पेस गरेका छन्। छ ।बताइएअनुसार यो घटना शाहरुख र उनको टिमले सुरक्षा निकायको कुरा नमान्दा घट्न पुगेको हो ।आदेश पेसगराउने वकीलका अनुसार यदि शाहरुखले भीडमा टीसर्ट तथा बलहरु नफालेको भए यो घटना घट्ने थिएन्।

प्रमोशनको क्रममा वडोदरा स्टेशन पुगेका शाहरुखलाई देख्नका लागि मानिसहरुको ठुलो भिड लागेको थियो। र मानिसहरु उनलाई देख्नका लागि उत्साहित भएर एकअर्कामाथि लड्न पुगेका थिए। यसै दौरान एक व्यक्ति को मृत्यु र दुई प्रहरी घाइते भएका थिए।  अब यसै विषयमा उनीमाथि  मुद्धा समेत दर्ता हुन सक्ने बताइएको छ।  एजेन्सी