प्रदिप र अश्लेषाको प्रेममा यस्तो बन्यो ‘प्रेमगीत २’ (ट्रेलर)

असार काठमाडौं।

नेपाली चलचित्र प्रेमीहरुका लागि पछिल्लो समय निकैनै प्रतिक्षित बनेको चलचित्र 'प्रेमगीत २' को ट्रेलर सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। प्रेम, एक्सन तथा सस्पेन्सले भरिएको यस चलचित्रको ट्रेलरमा नायक प्रदीप खड्का र डेब्यु नायिका अश्लेशा ठकुरीको प्रेमकथा देखाइएको छ। साथै चलचित्रका निर्माता सन्तोष सेन खलनायकको भुमिकामा देखिएका छन्।
केही दिन अघि मात्रै चलचित्रको सुटिंगको क्रमका केही दृश्यहरु लिक भएको थियो जसमा निर्माता सन्तोष र नायक प्रदिपको एक्सन देखाइएको थियो।  ट्रेलरमा नेपालका पर्यटकिय स्थल रारा लगायत म्यान्मार र थाइल्याण्डका दृश्यहरु देखाइएको छ।  रामशरण पाठकको  निर्देशन मा बनेको यस चलचित्र आगामी साउन १३ गतेबाट प्रर्दशनमा आउँदैछ।