कंगनाको गुरुदक्षिणा, उपहारमा दिईन् २ करोडको फ्ल्याट

...

<pre><b>असार, काठमाडौं।</b></pre><p style="text-align: justify; ">बलीउड क्वीन कंगना रनावतले विश्व योग दिवसको मौका पारेर हालै आफ्नो गुरुलाई गुरुदक्षिणा दिएकी छिन्। उनलाई योगा सिकाउने गुरु हुन् सूर्य नारायण सिंह। बलिउडमा डेब्यू गर्नु भन्दा अघिनै कंगनाको भेट सुर्य नारायन संग भएको थियो। उनको जिमनास्टिक देखेर प्रभावित भएकी कंगनाले तुरुन्त उनलाई आफ्नो गुरु बनाएकी थिईन र उनीबाटै योगा सिक्दै आएकी छिन्। &nbsp;यसैविच हालै उनले आफ्नो गुरुलाई २ करोडको फ्लाट उपहार दिएकी छिन्। यो फ्लाटमा &nbsp;नारायण सिंहले योगा क्लास गराउने बताइएको छ। &nbsp;</p><p style="text-align: justify; ">&nbsp;भारतीय मिडियाका अनुसार कंगनाले यो फ्ल्याट &nbsp;गुरु दक्ष‍िणा को रुपमा दिएकी हुन्। बताइएअनुसार कंगनाको हरेक समयमा सुर्य नारायणले साथ रहनेगर्छन्। &nbsp;यसको बदलामा सुर्यले कुनै माग तथा आशा राखेका थिएनन् तर कंगनाले आफ्नो योग गुरुको लागि केही गर्न चाहेकाले यो उपहार दिएकी हुन्। बताइएअनुसार &nbsp;कंगनाले फ्लाट उपहार मात्र नदिएर उनको यो घरमा राम्रो योग सेन्टर बनाउन पनि मद्धत गरिरहेकी छिन्। &nbsp;एजेन्सी&nbsp;</p>