तारेभिरको मनछुने गीत ‘तारेभिरको सुसाईमा’ सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">चलचित्र <a href="http://artistkhabar.com/fimly/4839" target="_blank"><font color="#0000ff">'तारेभिर'</font></a>को अर्को गीत सार्वजनिक गरिएको छ । यतिखेर देशभरका हलहरुमा प्रदर्शन भइरहेको चलचित्रको 'तारेभिर'को सुसाईमा बोलको बियोगान्त गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोमा चलचित्र कि मुख्य नायिका रेखा फागु लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । सार्वजनिक गीतमा बिष्णु चेम्जोंगको स्वर रहेको छ भने सनुप पौडेलको संगीत र प्रेम सुब्बाको शब्द रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गएको साताबाट देशब्यापी प्रदर्शनमा आएको तारेभिरले यतिखेर सन्तोष जनक ब्यापार गरिरहेको छ । &nbsp;प्रेम सुब्बा निर्देशीत यो चलचित्रमा एक्सनका साथमा सामाजिक यथार्थका घटना हेर्न पाइनेछ । नारीप्रधान चलचित्र भएको बताइएको यो चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका छ । &nbsp;डि।के।दीवानको निर्माणमा बनेको यो चलचित्रमा युवराज राईको सिनेम्याटोग्राफी, जनक गुरुङको द्धन्द्ध निर्देशन तथा प्रकाश गुरुङ, सनुप पौडेल र ब्राविन शेर्माको संगीत रहेको छ ।&nbsp;</p><pre style="text-align: justify; ">Video:&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/2IMEo7jUErc" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>