बलिउड फिल्मका कारण सर्यो ‘भुईँमान्छे’ को प्रर्दशन मिति

असार, काठमाडौं।

अस्पतालमा मरेको मान्छेको लाशसँग खेल्ने व्यक्तिको कथामा आधारित चलचित्र 'भुइँमान्छे'को प्रर्दशन मिति सरेको छ । यस अघि साउन २० गतेबाट प्रर्दशनमा आउने भनिएको चलचित्रले आफ्नो प्रर्दशन मिती केही साता पछि सारेको छ। अब चलचित्र भदौ २ गते बाट आउने भएको छ।

चलचित्रका निर्देशक नवराज बुढाथोकीले  बलिउड चलचित्र को प्रर्दशनका कारण चलचित्रको मिति सारिएको बताएका छन्। साउन २० गते बाट शाहरुख स्टाटरर फिल्म  ‘जब ह्यारी मिट सेजल’ प्रर्दशन हुने भएपछि चलचित्र पछि सरेको हो। साथै अक्षयकुमारको  ‘ट्वाईलेट एक प्रेम कथा’ पनि यही समयमा आउने भएको छ।  बलिउड स्टारहरुको चलचित्र लाग्दा नेपाली चलचित्रलाई हल पाउन कठिन हुने बताउँदै निर्देशक बुढाथोकीले वितरकले नै चलचित्रको प्रर्दशन मिति सार्ने सल्लाह दिएको जनाएका छन्।

रमेश बुढाथोकी,सिपोरा गुरुङ, सहिन प्रजापती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी लगायतको कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा पोष्टमार्टम गर्नेको कथालाई उतारिएको छ।राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङले यसै चलचित्रबाट डेब्यु अभिनयमा डेब्यु गरेकी हुन्।