<pre><b>असार, काठमाडौं। </b></pre><p>यसबर्ष को हरितालिका तीज आउन अझै दुई महिना बाँकी छ तर कलाकारहरुले अहिलेबाट नै तिजगीतको रेकर्ड र छायांकन गर्न थालिसकेका छन् भने कतिले सार्वजनिक समेत गरिसकेका छन्। यसैबिच हरेक वर्ष नयां विषयमा तिज गीत ल्याइरहेका चर्चित गायक पशुपति शर्माले यस पटक पनि आफ्नो तिजको कोशेली दर्शक स्रोतामाझ ल्याएका छन्। उनको नयाँ तीज गित 'माइती भन्छन किन आइती' मा पशुपतीलाई जुना श्रीस मगरले स्वरमा साथ दिएकी छिन्। पशुपतिकै शव्द तथा लय रहेको यस गीतमा माइती बाट हेला पाएका चेलीहरुको विलौना पोखिएको छ। गीतको भिडियोमा पशुपति ,जुना श्रीस का साथै दिल कुमारी रम्जालीको अभिनय रहेको छ। भिडियोमा पशुपतिले आफ्नी छोरीलाई पनि खेलाएका छन्। भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/DG2t0rDHn1s" width="640" height="360" class="note-video-clip"></iframe><br></p>