श्रीदेवीले बनाइन् छोरीहरुमाथि यस्तो नियम

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडका स्टारहरुको कुरा चल्दा उनीहरुको परिवार तथा सन्तानहरुको पनि निकैनै चर्चा हुने गर्छ। कति स्टारहरुले आफ्ना सन्तानलाई पनि बलिउडमा ल्याइरहेका हुन्छन्। यसैविच आफ्ना छोरीहरुका कारण चर्चामा आइरहने गर्छिन &nbsp;अभिनेत्री श्रीदेवी। &nbsp;उनी आफ्नी छोरीहरु प्रति निकैनै &nbsp;सजग छिन्। &nbsp;उनकी छोरी जाह्नवी कपूर पनि &nbsp;फिल्म सेराट को रिमेक बाट बलीउडमा डेब्यु गर्ने तयारीमा छिन्। हुनत् &nbsp;श्रीदेवीले &nbsp;जाह्नवी लाई &nbsp;फिल्ममा आउनु भन्दा अघि बाटनै केही बन्देज हरु बनाएकी छिन्। हालै भारतीय मिडियासंगको कुराकानीमा &nbsp;श्रीदेवीले आफ्ना छोरीहरुको लागि आफुले केही नियमहरु बनाएको र ति नियमहरुलाई उनीहरुले मान्नु पर्ने बताएकी छिन्। &nbsp;उनले आफ्ना छोरीहरुलाई घर फर्किने निश्चित समय तोकेको बताएकी छिन्। र केही गरी उक्त समय मा उनीहरु घर नपुगेमा आफुने फोन तथा सोधपुछ गर्न सुरु गर्ने गरेको बताएकी छिन्।&nbsp;</p><p style="text-align: justify; ">श्रीदेवी का अनुसार यदि उनीहरुलाई कहिँ कतै धेरै समय रोकिनु पर्ने जरुरी भएका आफुसंग सोधेर मात्र बस्ने गरेको बताएकी छिन्। उनले बताएकी छिन् म आफ्ना छोरीहरुलाई लिएर असुरक्षित महशुस गर्छु। जब उनीहरु बाहिर कतै जान्छन तब उनीहरु नफर्के सम्म मलाई चिन्ता लाग्ने गर्छ यसकारण म उनीहरुलाई निश्चित समय तोकिदिएको छु। उनीहरु मैले तोकिदिएको समय भन्दा बढी बाहिर रहन पाउँदैनन्। यसका साथै उनले छोरीहरुमाथि नो ब्वाईफेन्ड नियम पनि लगाएकी छिन्। केही समय अघि जाह्नवी&nbsp;को प्रेमीका साथमा फोटो भाइरल भएपछि श्रीदेविले जाह्नवी&nbsp;लाई प्रेमी बाट टाढा रहन बताएकी थिईन्।एजेन्सी</p>