‘छक्का पंजा २’ को टिजर रिलिज , अझै सुध्रिएनन् राजा?

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ। दीपाश्री निरौलाको &nbsp;निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको &nbsp;बताएपछि राजा बनेका दिपकले भनेका छन् -'त्यो चालिस कटेपछी रमाउन्या हो, त्यो अघि त मैले घुमाउन्या हो' । टिजरले यसअघि 'छक्का पंजा'मा विग्रिएका राजाको भुमिकामा रहेका दिपक अझै पनि सुध्रिएको छन या छैनन भन्ने दर्शकहरुमा कौतुहलता थपेको छ। &nbsp;चलचित्रको टिजर यसअघिनै &nbsp;हलहरुमा &nbsp;प्रर्दशन हुँदै आएको भएपनि युट्युबमा भने हालै सार्वजनिक गरिएको हो।&nbsp;</p><p style="text-align: justify; ">असोज ११ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा &nbsp;दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत ,स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भुमिका रहेकोछ। &nbsp;चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भएको चलचित्रमा &nbsp;विकास आचार्य कार्यकारी निर्माता को रुपमा रहेका छन्।&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/5rimOco3THA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>