पासपोर्ट बिनै सलमानलाई भेट्न आएकी पाकिस्तानी महिला बाटोबाटै गिरफ्तार

...

salman in bajarangiसाउन, काठमाडौं ।  अहिले चल्दै गरेको सलमानको फिल्म बजरंगी भाईजान मन नपराउने साहदै होलान् । जसले फिल्म हेरेर हलबाट बाहिर निस्कन्छन् उसको आँखा कहि न कहि रसाएकै देखिन्छ । कतिले अहिले सम्मकै सलमानको सबैभन्दा राम्रो फिल्म भन्ने गरेका छन् त कतिले सलमानको निकै उत्कृष्ट अभिनय तथा सलमान सँग मुख्य भुमिकामा अभिनय गरेकी बालिकाको तारिफ गरेको पाईन्छ ।

salman-fan-crying

फिल्ममा पाकिस्तानका एक बालिका भारतमा पुगेपछि पाकिस्तान पुर्याउनका लागि सलमानको ठुलो भुमिकालाई देखाईएको छ । पासपोर्ट बिनानै सलमानले पाकिस्तान बोर्डरबाट अनुमति लिएर नै ति बालिकालाई आफ्नो ज्यानको बाजि राखेर घर सम्म पुर्याईदिएका हुन्छन् । यसै फिल्म हेरेर प्रभावित भएर एक पाकिस्तानी महिला सलमान लाई भेट्न आउन खोज्दा पक्राउ परेकी छिन् ।

सलमानको फिल्म बजरंगी भाईजान हेरेपछि फिल्ममा सलमानको भुमिकाबाट प्रभावित भएपछि भारतमा सलमानलाई भेट्न आएकि एक महिलालाई प्रहरीले गिरफ्तार गरेको हो । सलमानलाई भेट्न आएकि महिला सँग कुनै भिसा र पासपोर्ट नरहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले रेल्वे प्रहरीले दिल्ली जान लागेको अवस्थामा बिहीबार जालन्धर स्टेननबाट गिरफ्तार गरेको हो । पाकिस्तानको राजधानी कराचीकी बासिन्दा ती महिलाको नाम चन्दा भएको प्रहरीले बताएको छ । ती महिलाले आफू मामासँग यात्रा गरेको र आफ्नो पासपोर्ट र भिसा पनि उनैसँग छुटेको बताएकी थिइन् ।

प्रहरीले उनलाई जालन्धरबाट अगाडिको यात्रा रोकिदिएको छ र उनी अटारीबाट रेलमा आएको भन्दै रेल्वे प्रहरीले उनलाई अटारी प्रहरीलाई बुझाएको छ ।
Salman-Khan-Photo-Bajrangi-Bhaijaan
(एजेन्सीको सहयोगमा)