युरोप टुरबाट फर्कियो प्राना मुण्डी ब्याण्ड, सेप्टेम्बरमा पुनः जाने

असार, काठमाडौं ।

नेपाली बाजाहरुलाई पनि विश्व सामु चिनाउने उद्देश्यका साथ युरोपका बिभिन्न शहरको तिनमहिने भ्रमण सकेर प्राना मुण्डी ब्याण्ड नेपाल फर्किएको छ । आजभन्दा तिनमहिना अघि त्रिभुवन बिमानस्थलबाट ब्याण्डको टिम सहित युरोप टुरमा निस्एिको टोली अस्ट्रिया, भेन्या, जर्मनी, इटाली लगायतका देशहरुमा नेपाली मौलिक बाजाहरुलाई बिशेष प्राथमिकता दिएको प्रानामुण्डी ब्याण्डका प्रताप केसीले जानकारी दिए र्। हामीले तिनमहिनाको युरोप बसाईमा अघिल्लो डेढ महिना अभ्यासमा बितायौ भने बाँकी डेढ महिना बिभिन्न देशका बिभिन्न शहरहरुमा बाजा सहितका कार्यक्रम ग¥यौं ।’, केसीले भने । साथै उनले नेपाली बाजालाई बिदेशी नागरिकहरुले पनि निकै मनपराएको बताए र्। नेपालका मौलिक बाजाहरु बाँसुरी, सारंगी, मादल लगायतका बाजालाई बिदेशी नागरिकहरुले खुबै मन पराएको पायौं’, केसीले थपे ।

नेपाली बाजाहरुको बारेमा बिदेशी नागरिकले धेरै जान्न खोज्ने र सुन्नमा धेरै उत्सुक्ता देखाउने गरेको प्रताप केसीले बताए । साथै उनले बिदेशी नागरिकका बालबालिकाहरुलाई पनि नेपाली बाजाहरुको बारेमा बिभिन्न क्लास दिएका बताए ।

साथै ब्याण्डको प्रस्तुती मन पराइएकोले पनः सेप्टेम्बरमा कार्यक्रम हुने बताइयो । आउदो सेप्टेम्बरमा ३५ दिनको टुर रहने केसीले आर्टिस्ट खबरलाई जानकारी दिए । उनका अनुसार प्रानामुण्डी ब्याण्डबाट पुनः युरोपका बिभिन्न देशहरुमा नेपाली बाजासहितको प्रस्तुती रहनेछ ।