सकियो ‘प्रेमगीत २’ को सम्पादन ,अब प्रर्दशनको तयारीमा

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">यस वर्षको लागि निकैनै प्रतिक्षित बनेको चलचित्र 'प्रेमगीत २' अब प्रर्दशनका लागि पुर्ण रुपमा तयार भएको छ। सोमबार राजधानीमा रहेको रेड स्टुडियोमा &nbsp;नायिका अश्लेषा ठकुरी र निर्माता एवं कलाकार सन्तोष सेनले अन्तिम स्वरांकन भर्दै चलचित्रको सम्पादनको कार्य सकिएको बताएका छन्। चलचित्रका निर्देशक रामशरण पाठक ले अब भने चलचित्रको प्रचारप्रसारमा लाग्ने बताएका छन्। ०७२ सालको उत्कृष्ट चलचित्र 'प्रेमगीत'को सिक्वेलको रुपमा बनेको यस चलचित्रमा नायक प्रदिप खड्का र अश्लेषाको प्रेम कथा र सन्तोष सेनको खलनायक भुमिका देख्न सकिनेछ।चलचित्रमा मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">केही समय अघि सार्वजनिक भएको चलचित्रको ट्रेलरले पनि दर्शकहरुको राम्रो साथ पाइरहेको छ। यो चलचित्र साउन १३ गते बाट प्रर्दशनमा आउने भएको छ।&nbsp;</p>