धुर्मुस सुन्तली मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुँदै

असार, काठमाडौं ।

चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) द्धारा सञ्चालित धुर्मुस सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने भएको छ । दिवंगत जननेता मदन भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा उक्त पुरस्कारवाट फाउण्डेसनबाट सम्मान गर्न लागिएको मंगलबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

धुर्मुस सुन्तली फाण्डेशनलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नेछन् । धुर्मुस सुन्तली फाउण्डेशनले भूकम्पबाट क्षति भएको काभ्रेको पहरी गाउँ, सिन्धुपाल्चोकको गिरानचौर र महोत्तरीको विपन्न मुसहरवस्तीलाई नमुना वस्ती बनाएर हस्तान्तरण गरेको थियो । यस्तै फाउडेशनले हिमाल–पहाड–तराई नमुना वस्ती बनाउने कार्यक्रम अघि सारेको छ ।

मदन भण्डारी फाउण्डेशनले जननेता भण्डारीको ६६ औं जन्म जयन्तीको अवसरमा असार १४ गते बुधवार साढे १ बजे प्रज्ञा भवन कमलादीमा ‘दीगो विकासको आधार स्थानीय सरकार’ विषयक विचार गोष्ठीको समेत आयोजना गरेको छ । विचार गोष्ठीमा एमाले अध्यक्ष ओली सहित कांग्रेस नेता डा। रामशरण महत, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा अध्यक्ष कमल थापा, लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देव र संघीय समाजवादी फोरमका नेता शिवजी यादवको पनि उपस्थिती रहने बताइएको छ ।

गएको जेठ २२ गते राजधानीमा भब्य कार्यक्रमका बिच धुर्मुस सुन्तली फाउण्डेशनले आफ्नो नयाँ परियोजनाको जानकारी दिँदै कार्य अगाडि बढाइसकेको पनि छ । फाउण्डेसनले अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्बजनिक गरेको थियो ।

गरिसकेको छ । जुन परियोजनामा पुरै नेपालको एक हिस्सा बन्ने बताईएको थियो । फाउण्डेशनले अवधारणा सार्बजनिक गरेसंगैं एक एनिमेटेड भिडियो समेत सार्बजनिक गरेको थियो । जुन भिडियो अनुसारनै नमुना नेपालको निर्माण गरिने र नेपालमा रहेका सम्पुर्ण जातजातीहरुको आ आफ्नै सांस्कृतिक प्रतिनिधित्व हुने गरि यस परियोजना निर्माण गरिने फाउण्डेशनले बताएको छ । अहिले उक्त परियोजनाका लागि स्थल छनौट भईरहेको बताईएको छ । फाउण्डेशनले काठमाण्डौको ललितपुर, भक्तपुर, काभ्रे, मकवानपुर लगायतका पायक पर्ने एक क्षेत्रमा यस परियोजना निर्माण गर्नेछ । स्थल छनोटको कार्य लभगभ फाईनल भइसकेको र केहि समयमै यसको बारेमा जानकारी गराइने पनि फाउण्डेसनले जनाएको छ ।