धुर्मुसले भावुक हुदै सुनाए नमुना नेपाल बनाउनु पर्ने कारण

असार, काठमाडौं।

नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चम्किला तारा हुन् धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे । यो जोडि यतिबेलाका हट केक हुन् भन्दा खासै फरक नपर्ला । भुकम्प पछि लगातार सामाजिक कार्यमा होमिएका यि जोडि यतिबेला आफ्नो महत्वकांक्षी परियोजना नमुना नेपालको परिकल्पना गदैछन् ।

जेठ २२ गते अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’को अवधारणा सार्बजनिक गरेसंगै यतिबेला यो जोडिको साथमा नमुना नेपालका बहस थुप्रै ठाउँमा हुदै आएको छ । ५ अर्व लगानिमा निर्माण हुने यो परियोजना नेपालको पृथक र पुरै नेपालको झल्को दिने परियोजना बन्ने धुर्मुस सुन्तली फाउण्डेशनले बताएको छ । तर यसका लागि सहयोग गर्ने सर्बसाधारण यतिबेला दोधारमा परेका छन् । धेरैले पिडितका लागि नभई राज्यका लागि यो कदम चाल्न खोजेको भन्ने प्रतिकृया दिएपछि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले यो परियोजना पनि पिडितहरुकै लागि बन्ने बताएका छन् ।

धुर्मुसले आफ्नो सामाजिक सञ्जालमा एक भिडियो सेयर गदैं आफुहरुले यो बस्ती पनि पिडितहरुकै लागि निर्माण गर्न लागेको प्रष्ट्याएका छन् । ‘यो परियोजना पनि अरु परियोजनाहरु जस्तै दुखी र पिडिहरुकै लागि बन्ने छ, मात्र फरक के हो भने यसले नेपाल भरीका सम्पुर्ण जातजातिहरुको प्रतिनिधित्व गदै, नेपाललाई विश्वमा चिनाउन मद्दत पुग्नेछ’ नमुना नेपालका बारेमा उनले भने ‘यो परियोजनाले सम्पुर्ण नेपाल र नेपालीका लागि नेपाली हुनुमा गर्व महशुस गराउनेछ ।’ भिडियो सार्बजनिक गदै उनले उक्त परियोजनाका लागि सबैले आफ्नो मानेर सहयोग गर्नका लागि समेत आग्रह गरेका छन् ।

नमुना नेपालमा किन सहयोग गर्नुपर्छ भन्ने नबुझेका र दोधारमा रहेकाहरुका लागि धुर्मुसले यो भिडियो सहजै बुझाउन सार्बजनिक गरेका हुन् । उनले फेसबुकमा यस भिडियो सेयर गदै लेखेका छन्, यसकारण बन्नुपर्छ नमुना नेपाल ।