२२औं जन्मदिन मनाउँदै नायिका स्वस्तिमा खड्का

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली सिनेक्षेत्रमा निकैनै चर्चित बनेकी नायिका स्वस्तिमा खड्का आज आफ्नो २२औं जन्मदिन मनाउँदै छिन्। मोडलिंग &nbsp;बाट आफ्नो करियर सुरु गरेकी स्वस्तिमाले चलचित्र होस्टल रिटन्र्सबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिईन्। डेब्यु चलचित्र बाटै उनले एनएफडिसी अवार्ड २०१६ मा उत्कृष्ट सहअभिनेत्रीको अवार्ड हात पारेकी थिईन्। &nbsp;त्यसपछि उनको अर्को चलचित्र लभलभलभले पनि उनको करियरलाई माथि पुर्याएको थियो। यसका साथै उनले विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन्।</p><p style="text-align: justify; ">चर्चित निर्देशक निश्चल बस्नेतसंग विवाह गरेकी उनीले चलचित्र 'दुई रुपैयाँ'मा &nbsp;निश्चल संगै अभिनय पनि गरेकी छिन्। उनीहरु दुईको नृत्य रहेको &nbsp;'कुटुमा कुटु'बोलको गीतले पनि निकै चर्चा पाएको छ। साथै उनले पछिल्लो समय निकैनै प्रतिक्षित बनेको चलचित्र 'प्रेमगीत२' को एक गीतमा नृत्य गरेकी छिन्। साथै उनको अभिनय रहेको चलचित्र &nbsp;'छक्का पंजा २' पनि &nbsp;पोस्ट प्रोडक्सनमा रहेको छ ।</p><p style="text-align: justify; ">आज जन्मदिन मनाईरहेकी स्वस्तिमाले मिडियासंगको कुराकानीमा आफ्नो जन्मदिन त्यस्तो &nbsp;विशेष नहुने बताउँदै साथीभाई संगको भेटघाटमै बित्ने बताएकी छिन्। चलचित्र क्षेत्रमा चञ्चले नायिकाको रुपमा चिनिएकी उनीले आफुमा धेरै रिस उठ्ने तथा धैर्य गर्न नसक्ने नराम्रो बानी &nbsp;रहेको मिडियालाई बताएकी छिन्।&nbsp;</p>