शाहरुखले सलमानलाई दिए यस्तो सरप्राइज गिफ्ट

...

<pre><b>असार, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">बलिउडका स्टार सलमान र शाहरुखको दोस्ती यतिवेला निकैनै गहिरो बन्दै गएको छ।विभिन्न इभेन्टहरुमा एक साथ देखिँदै आएका उनीहरु पछिल्लो समय एकअर्काको फिल्ममा केमियो रोल गरेर &nbsp;घनिष्टता बढाउँदै छन्। यसैबिच &nbsp;शाहरुखले सलमान लाई &nbsp;महंगो गिफ्ट दिएका छन्। उनले सलमानलाई गिफ्टको स्वरुपमा एक लग्जरी कार दिएका छन्। शाहरुखले सलमानलाई यो &nbsp;गिफ्ट उनको &nbsp;फिल्म मा केमियो गरेको बदलामा दिएका हुन्। &nbsp;</p><p style="text-align: justify; ">केही समयअघि सलमानको ट्युबलाईटमा शाहरुखले केमियो गरेका थिए। र यसको बदलामा शाहरुखको आगामि फिल्मका लागि सलमानलाई अफर गरिएको थियो। र सलमानले पनि बिना संकोच फिल्मका लागि स्वीकार गरेका थिए। आनंद एल रायको &nbsp;निर्देशन मा बन्न गइरहेको फिल्मको एक गीतमा सलमान देखिने भएका छन्।&nbsp;</p><p style="text-align: justify; ">मिडियाका अनुसार जब सलमान फिल्मको सेटमा पुगेका थिए तब शाहरुखले उनलाई कार उपहार दिएका थिए। बताइएअनुसार यो कार भर्खरै लन्च भएको हो र कारको मुल्य पनि निकै महंगो रहेको छ। शाहरुखको गिफ्ट बाट सलमान पनि निकै सरप्राइज भएका थिए। उनले शाहरुखले यस्तो गिफ्ट देलान भन्ने सोचेको पनि थिएनन्। एजेन्सी</p>