‘जस्मिन’मा आर्यन संग स्क्रिन शेयर गर्दै अशिष्मा

...

<pre><b>असार , काठमाडौं।</b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा आशलाग्दी नायिकाको रुपमा चिनिन्छिन् नायिका अशिष्मा नकर्मी। चलचित्र 'राधे' बाट दर्शकहरुको राम्रो साथ पाएकी उनी यतिवेला एक पछि अर्को गर्दै चलचित्रमा व्यस्त हुन थालेकी छिन्। उनको अभिनय रहेको चलचित्र 'संरक्षण' पनि साउन २७ बाट प्रर्दशनमा आउने तयारीमा रहेको छ।&nbsp;</p><p style="text-align: justify; ">अब भने उनले नायक आर्यन अधिकारीको साथमा चलचित्र 'जस्मिन'मा स्क्रीन सेयर गर्ने भएकी छिन्। यस चलचित्रलाई 'रोमियो' निर्देशक शंकर कार्कीले निर्देशन गर्ने भएका छन्। लभस्टोरीमा आधारित हुने यस चलचित्र 'जस्मिन' असार अन्तिम साताबाट फ्लोरमा जाने तयारी भैरहेको बताइएको छ। नायिका अशिष्माले यस चलचित्र बाट आफ्नो करियरमा सघाउ पुर्याउने आशा रहेको बताएकी छिन्।&nbsp;</p>