के अनुष्काले स्टार भएकै कारण उठाईन यस्तो फाइदा?

असार, काठमाडौं।

बलिउड एक्ट्रेस अनुष्का शर्मा यतिवेला शाहरुख संगको फिल्म 'जव हेरी मेट सेजल' बाट चर्चामा छिन्। यसका साथै उनी यतिवेला आफ्नो अपार्टमेन्टको विषयलाई लिएर पनि चर्चामा छिन्। केही समय अघि बम्बई  म्यूनिसिपल करपोरेशनले अनुष्कालाई आफ्नो फ्लाटमा लगाएको इलेक्ट्रिक बक्स हटाउन नोटिस पठाएको थियो तर अब भने बिएमसीले आफैं यस विषयमा क्लिनचिट दिएको छ। यस बारेमा अनुष्काका छिमेकी हरुले भने उनलाई स्टार भएकै कारण यस्तो छुट दिएको बताएका छन्।

अनुष्काका छिमेकी सुनील बत्राले अनुष्कालाई सोसाइटीसंग इजाजत नलिई  कमन प्यासेजमा इलेक्ट्रिक बक्स जडान गरेको आरोप लाउँदै बिएमसी संग उजुरी गरेका थिए। उनले अनुष्काको यो कार्यका कारण भवनमा जुनसुकै बेलामा आगलागी हुन सक्ने बताएका थिए।

बीएमसीले यो विषयमा  बिल्डिंगको निरीक्षण गर्दै  अनुष्का शर्मा लाई  बक्स लगाएको मा आपत्ति जनाउँदै नोटिस पठाएको थियो।  तर अब यो घटनाको दुई महिना पछि भने मामला बदलिएको छ। बीएमसीका सहायक इंजीनियर ले सुनील बत्रा लाई बिजुली को बक्स अनुष्काको घर को भित्तामा रहेको र बत्राले भनेकोे कमन प्यासेज अनुष्का को  पिताको सम्पति भएको बताएका छन्।

मिडियाका अनुसार यस जवाफ का कारण सुनिल भने सन्तुष्ट छैनन र उनले अनुष्काले स्टार भएकै कारण फाइदा उठाएको बताएका छन्। एजेन्सी