बिदेशमा अवार्ड कार्यक्रम हुनु नेपाली चलचित्रलाई फाईदाः भुवन केसी

...

<pre><b>आर्टिस्ट खबर/ असार, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">पछिल्लो समय नेपाली चलचित्रसँग सम्बन्धित थुप्रै अवार्डहरु आयोजना हुने गरेका छन् । बिभिन्न संघसंस्थाले आयोजना गर्ने अधिकांश अवार्ड नेपाल भन्दा बाहिर आयोजना गरेको पाइन्छ । बर्षमा ८० भन्दा बढी चलचित्र रिलिज भएका हुन्छन् त्यसमा अवार्ड पाउने चलचित्रहरु धेरै कम पनि हुन्छन् ।&nbsp;</p><p style="text-align: justify; ">यसैबिच नेपाली चलचित्रक्षेत्रमा लामो समय बिताएका आर्टिस्ट नायक भुवन केसीले बिदेशी भुमिमा हुने अवार्ड कार्यक्रमले नेपाली चलचित्रलाई फाइदा पुग्ने बताएका छन् । नेपाली चलचित्रसँग सम्बन्धित अवार्ड कार्यक्रम बिदेशमा भइरहदा बिदेशमा पनि नेपाली चलचित्रको प्रचारहुने र बिदेशी भुमिमा नेपाली चलचित्र फैलिनका लागी ठुलो सहयोग मिल्ने उनेको भनाई छ । 'एक अवार्ड कार्यक्रम नेपाल मै गर्न त धेरै गाह्रो हुन्छ अझ बिदेशमा गर्नु धेरै गाह्रो काम हो । तर पनि बिदेशी भुमिमा अवार्ड कार्यक्रम गरिरहदा &nbsp;नेपाली चलचित्र बिदेशी भुमिमा फैलाउन धेरै सहयोग मिल्छ । त्यसैले यस्ता कार्यक्रम गर्नु आवश्यक छ ।', भुवनले केहि दिन अघि राजधानीमा भएको एक कार्यक्रममा भने । &nbsp;</p><p style="text-align: justify; ">भुवनले पछिल्लो समय नेपाल तथा नेपाल बाहिर आयोजना भइरहेको अवार्ड कार्यक्रमले सम्पुर्ण कलाकारितामा लागेका आर्टिस्टहरुलाई उर्जा थपिएको बताएका थिए । केहि दिन अघिमात्र बेलायतमा बक्स अफिस नेपालले अवार्ड कार्यक्रम सम्पन्न गरेको थियो । साथै आउदो २ सेप्टेम्बरमा अमेरिकामा नेपाल चलचित्र संघको आयोजनामा नेम्पा फिल्म अवार्ड आयोजना हुदैछ । &nbsp;</p>