नेपाल दर्शन आईडल हुने, प्रचारमा सँगै हुनेछ ‘म यस्तो गीत गाउँछु’ टिम

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

निकट भविष्यमा सञ्चालनमा आउन लागेको नेपाल दर्शन टेलिभिजनको आयोजनामा नेपाल दर्शन आईडल हुने भएको हो । नेपाल भित्र लुकेर रहेका गायन प्रतिभाहरुलाई यस आईडलले ठुलो अवसर दिने भएको हो ।

मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरि नेपाल दर्शन आईडलको बारेमा जानकारी दिँदै नेपाल दर्शन टेलिभिजनका अध्यक्ष सुजन आचार्यले यो आईडल गायनक्षेत्रमा प्रतिभाहरुकाहरुका लागी ठुलो अवसर बनेर आउने बताए । आचार्यले केहिदिनमै आईडल टिम प्रचारप्रसारकै लागी देशब्यापीरुपमा २५ वटा गाडी हिड्ने पनि बताए । ‘हामीले नेपाल दर्शन एचडि टेलिभिजन सञ्चालन सँगै नेपाल दर्शन आईडललाई पनि सँगैसँगै लैजादै छौं । त्यसका लागी हामी कम्तिमा पनि तिन महिनासम्म प्रचारप्रसारमै रहनेछौं ।’, सुजनले भने । नेपाल दर्शन आईडल बिजेतालाई पाँच लाख नगद, २ लाख बराबारको म्युजीक भिडियोमा अभिनय र थाईल्याण्ड टुरको अवसर मिल्नेछ ।

साउनबाट तिनमहिना देशभरी नै प्रचारप्रसारमा निस्किने नेपाल दर्शन आईडल टिम चलचित्र ‘म यस्तो गाउँछु’ युनिट पनि रहने कार्यक्रममा बताइएको थियो । यहि असार ३० गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको ‘म यस्तो गाउँछु’ सँग आफुहरुको सहकार्यमा केहि ब्यक्तिहरुको असन्तुष्टि भएको भन्दै टेलिभिजनका अध्यक्ष सुजनले त्यस्ता ब्यक्तिहरुले आफुहरुलाई केहि फरक नपार्ने बताएका थिए । साथै ‘म यस्तो गाउँछु’ का निर्देशन सुदर्शन थापाले पनि आईडलको प्रचारप्रसार सँगै आफ्नो चलचित्र युनिट पनि सँगै रहने जानकारी दिएका थिए । ‘हाम्रो र नेपाल दर्शन टेलिभिजनको सहकार्य भएको हो । अब देशब्यापी रुपमा हामी आईडल र चलचित्रको सँगै प्रचार गर्नेछौं ।’, निर्देशक सुदर्शनले भने । साथै कार्यक्रममा चलचित्र युनिट र आईडल युनिट युरोप टुरमा पनि निस्किने जानकारी दिइएको थियो । युरोपका आधा दर्जन देशहरुमा टुर गरिने बताइएको थियो ।

आयोजीत पत्रकार सम्मेलनमा यहि असार २९ गते राजधानीमा ‘म यस्तो गाउँछु’ टिम र नेपाल दर्शन आईडल टिमले चक्रपथ परिक्रमा गर्ने पनि बताइयो । चलचित्रको प्रचारप्रसारका लागी पनि उपयुक्त हुने र आईडलको बारेमा धेरैलाई जानकारी पनि हुने भएकाले प्रचारप्रसारको यस्तो शैली अपनाउन लागिएको जानकारी दिइयो । कार्यक्रममा नायिका पुजा शर्मा तथा नायक पल शाहले आफ्नो चलचित्रको बारेमा बोल्दै प्रदर्शन मिति नजिकिएको र दर्शकको प्रतिक्षाको घडि सकिएको भन्दै आफुहरु उत्साहित भएको बताएका थिए । कार्यक्रममा नायक पल शाह, नायिका पुजा शर्मा, निर्देशन सुदर्शन थापा, नेपाल दर्शक टेलिभिजनका अध्यक्ष सुजन आचार्य लगायतका अतिथिहरुको उपस्थिती थियो ।