हिन्दी फिल्मलाई पनि बिस्थापित गर्यो ‘म यस्तो गीत गाउँछु’ले, अधिकांश हल हाउसफुल

आर्टिस्ट खबर/ असार, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्रको बजार फैलिदै गएको छ । एक पछि अर्को गर्दै नेपाली चलचित्रहरु राम्रो बन्न थालेका छन् । अझ पछिल्लो समय चलचित्र मेकिङमा बिशेष ध्यान दिइएको हुनाले पनि त्यस्ता चलचित्रहरुले राम्रो ब्यापार गर्न सफल भएका छन् ।

यसैक्रममा आज (असार ३०) गतेबाट देशभरी प्रदर्शनमा आएको चलचित्र 'म यस्तो गीत गाउँछु'ले पनि निकै राम्रो ओपनिङ गरेको छ । नेपाल भरीका ७० भन्दा बढी हलहरुमा एकैसाथ प्रदर्शन भइरहेको यो चलचित्रले पहिलो दिनमा हाउसफुलको ब्यापार गर्न सफल भयो । काठमाण्डौमा चलचित्र वितरणको जिम्मा लिएका वितरक गोपाल कायस्थका अनुसार काठमाडौंका अधिकांशहलहरु हाउसफुल छन् । 'चलचित्रले बम्पर ओपनिङ गरेको छ । हिन्दी फिल्म जग्गा जासुसलाई पनि विस्थापित गरेको छ । गोपिकृष्णमा कृष्णमा लागेको चलचित्र २ बजेको शोबाट गोपीमा सारिएको छ ।', वितरक कायस्थले भने । काठमाडौंका मल्टिप्लेक्स र सिंगल दुबैहलमा दर्शकको बाक्लो उपस्थिती रहेको बताइएको छ । उनका अनुसार, गोपिकृष्ण र अष्टनारायण हलमा चलचित्र २ वटा पर्दामा चलिरहेको छ ।

यस्तै, राजधानी बाहिरका हलहरुमा पनि दर्शकको बाक्लो उपस्थिती रहेको बताइएको छ । चलचित्रका निर्देशन सुदर्शन थापाले दिएको जानकारी अनुसार राजधानीका अधिकांशहलहरु हाउस फुल र राजधानी बाहिर बुटवलका अधिकांश हलहरु हाउसफुल छन् । साथै चितवन, पोखरा लगायतका शहरहरुमा चलचित्रले राम्रो ब्यापार गरेको बताइएको छ । आज बिहानैबाट चलचित्र युनिट राजधानीका बिभिन्न हलहरुमा दर्शकको प्रतिक्रिया लिन पुगेका छन् । चलचित्रका नायक पल शाहले चलचित्र हेरेर फर्किएका दर्शकहरुले निकै राम्रो प्रतिक्रिया दिएको बताए । चलचित्र रिलिज हुन अघि कस्तो हुनेहो दर्शकको प्रतिक्रिया कस्तो आउनेहो भनेर मनमा एककिसिमको डर थियो तर यति राम्रो प्रतिक्रिया आयो । सबैले मन पराइदिनुभयो, हामी निकै खुसी छौं ।, पलले भने । साथै नायिका पुजा शर्माले पनि राजधानीका गोपिकृष्ण, अष्टनारायण, कुमारी, जयनेपाल लगायतका हलहरुमा गएर दर्शकहरुसँग प्रत्यक्ष प्रतिक्रिया लिएकी थिइन् । हामी आज बिहानै देखी काठमाडौंका धेरै हलहरुमा पुग्यौं । सबै हलहरु हाउसफुल छन् निकै खुसी लागेको छ । आशा छ चलचित्र धेरै दिनसम्म चल्नेछ ।, पुजाले आर्टिस्ट खबरसँग कुरागर्दै भनिन् ।  साथै निर्देशन सुदर्शन थापाले चलचित्रमा आफुले मेहनत गरेसरह दर्शकले मन पराएको देख्न निकै खुसी लागेको बताए ।

चलचित्रमा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, विक्रम सेन, अर्जुन गुरुङ लगायत कलाकारको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको फिल्ममा प्रितम पाण्डेको सम्पादन छ । यो चलचित्रलाई  सुदर्शन र पूजाले संयुक्त निर्माण गरेका हुन् । भने सुदर्शनले दिनेश न्यौपाने सँगको सहकार्यमा पटकथा लेखेको हुन् ।

Video:

चलचित्रका मुख्य कलाकार पल शाह र पुजा शर्मा चलचित्रको प्रमोशनमा राजधानीको चक्रपथ परिक्रमा भिडियो हेर्नुहोस् ।

चलचित्र म यस्तो गीत गाउँछु प्रिमियरमा आर्टिस्ट खबरले गरेको कुराकानी हेर्नुहोस् ।