पहिलो पटक एकल साँझमा गुन्जिँदै अन्जु पन्त

...

<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; ">नेपाली गीत संगीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइसकेकी चर्चित गायिका अन्जु पन्त आफ्नो यात्रामा पहिलो पटक एकल साँझमा देखिने भएकी छिन्। &nbsp;म्युजिक रेकर्डिस्ट एसोसियनसन नेपाल र अञ्जु पन्त फाउन्डेसनको संयुक्त आयोजनामा भदौ २४ गते &nbsp;‘अञ्जु पन्त सुमधुर सन्ध्या २०७४’ कार्यक्रम हुने भएको छ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/2a9ba1c4abb01259f299d14812a1c6861500185845.jpg" style="width: 1000px;"><br></p><p style="text-align: justify; ">&nbsp;शनिबार राजधानीमा &nbsp;पत्रकार भेटघाटको कार्यक्रममा उनको यो एकल साँझ बारे जानकारी दिइएको छ। भदौ २४ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ नामको एकल साँझमा उत्रिन लागेकी हुन् । एकल साँझमा अन्जुले आफ्ना डेढ दर्जन बढी चर्चित गीतहरु &nbsp;प्रस्तुत गर्ने भएकी छिन्। कार्यक्रमको बारेमा बताउँदै उनले कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर बचेको आधा रकम रेर्कडिस्टहरुको संस्था र आधा आफ्नो &nbsp;फाउण्डेशन मार्फत बालबालिकाका लागि खर्च गर्ने समेत जानकारी दिएकी छिन्।&nbsp;</p>