उजनको ‘मायाको खेल..’ बजारमा, हेर्नुहोस भिडियो

साउन, काठमाडौं।

नेपाली गायन क्षेत्रमा मा संघर्षरत युवा गायक उजन नेम्बाङको नयाँ म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ । ‘गौरदहको बजारैमा’, ‘पोखराको तालैमा’ जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएका गायक नेम्बाङले उक्त गीत ढाका टोपी नेपाल नामक यु–ट्युब च्यानलको निर्माणमा सोही च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गितमा राजुबाबु श्रेष्ठको शब्द, ताङ्साङ नेम्बाङको संगीत रहेको उक्त गीतलाई बंगलादेशी चर्चित गीतारिस्ट तथा अरेन्जर अभिजित चक्रवर्तिको अरेन्ज गीतार वर्क गरेका छन । गायक उजनले निर्देशन गरेको यो म्युजिक भिडियोमा अहिले समाजमा धेरै परिवार भित्र घटिरहेका बिसंगतिलाई समेटेर सानो सन्देश दिने कोशिस गरेको उनले जनाए ।

मोडलद्वय प्रिया रानी लामा, दृश्य सुबेदी र रवी शर्माको अभिनय रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन छ। भिडियोको छायांकन हेल्पिङ हेल्थ पोलीक्लिनिक मैतिदेबी, मेट्रो लन्च एन्ड बार बागबजार र कपन विलेज रिसोर्टमा गरिएको छ ।