<pre><b>साउन, काठमाडौं ।</b> </pre><p style="text-align: justify; ">अस्पतालमा मरेका मानिसहरुको लाशको पोस्टमार्टम गर्ने व्यक्तिको कथामा आधारित चलचित्र ‘भुईमान्छे’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'पर्दा भो' बोलको गीतमा चर्चित गायक शिव परियारको आवाज रहेको छ। महेश पौड्यालको शव्द रहेको यस गीतमा जुगल डंगोलले संगीत भरेका छन्। गीतको भिडियोमा चलचित्रमा मुख्य पात्र रमेश बुढाथोकी फिचरिंग भएका छन्। गीतमार्फत उनी आफ्नो जिवनका व्यथाहरु पोखिरहेका छन्। </p><p style="text-align: justify; ">यस चलचित्रमा रमेश र सिपोराको साथमा सहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिनी भट्टराई, सानु ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ। निरुपा राज्य लक्ष्मी थापाको निर्माणमा बनेको यस चलचित्र भदौ २ गतेदेखी प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रमा नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको छ। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/TbeasYE93wI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>