धुर्मुसले गरे जिग्रीपांडेले बनाएको घर दृष्टिविहिनलाई हस्तान्तरण

साउन, काठमाडौं।

चर्चित हांस्यकलाकारद्वय जिग्री पाँडे अर्थात अर्जुन घिमिरे तथा कुमार कट्टेल को पहलमा सुरु भएको ुजिग्री पाँडे प्रतिष्ठानुले सप्तरी गम्हरीयाका दृष्टिविहिनहरुका लागि निर्माण गरेको तीन घर आज हस्तान्तरण गरिएको छ। आज प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेल जिग्री तथा कोषाध्यक्ष अर्जुन घिमिरे पाँडेको साथै विभिन्न कलाकार तथा व्यक्तित्वको विचमा घर दृष्टिविहीनलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा जिल्लाका  सिडिओ तथा चर्चित हाँस्यकलाकार तथा धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले घर हस्तान्तरण गरेका हुन्।कार्यक्रममा हरि निरौला (कक्रोज), सागर लम्साल (बले) ,दिपक आचार्य लगायत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो।

केही दिन अघि नै हस्तान्तरण गर्ने भनिएतापनि निर्माणका लागि केही रकम नपुगेकाले सारेको बताउँदै प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले अझैपनि करिब ५ लाख रकम नपुगेको बताएका छन्। उनले घर निर्माणका लागि कुल ३१ लाख रकम खर्च भएको तथा यि घर निर्माणका लागि देश तथा विदेश बाट २६ लाख सहयोग रकम जुटेको बताएका छन्।  निर्माणका लागि ५ लाख नपुगेका भएपनि उनले आफ्नै रकम हालेर घर हस्तान्तरण गरेको आर्टिष्टखवरलाई बताएका छन्।