मिस विश्वकर्मा इन्टरनेशनल काठमाडौं अडिसन सम्पन्न, टप १० का लागी १५ जना भिड्ने

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको 'मिस विश्वकर्मा इन्टरनेशनल'को काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको थियो ।

काठमाडौं अडिशनबाट जम्मा १५ जना युवती छानिएका छन् । काठमाडौंका जम्मा १८ प्रतियोगी र काठमाडौं बाहिरका गरी जम्मा ३१ जना बिच भएको प्रतिस्पर्धाबाट १५ युवती छानिएका हुन्  । अब भदौ ३ गते तालिम पश्चात यी मध्ये ५ जना बाहिरिएर अन्तिम प्रतिस्पर्धाका लागी टप १० छानिनेछ ।

मोनाली ईन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको काठमाडौं  अडिसनको निर्णायकमा मिस नेपाल २००५ कि सुगारिका केसी, संगीतकार राजु सिंह, कोरियोग्राफर बिजु बहिनी श्रेष्ठ, निर्देशक बिभोर पोख्रेल र मोडल दिवस उप्रेती रहेका थिए ।

काठमाडौंको नेम क्याफेमा गरिएको अडिसन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले मिस बिश्वकर्मा इन्टरनेशनल भब्य र सब्य तरिकाले सम्पन्न हुन गइरहेको बताए । उनले बिश्ककर्मा समुदायका युवतीहरुमा भएको सिप, कलालाई देश भित्र मात्र नभएर देश बाहिर सम्म चिनाउने यस कार्यक्रमको उद्देश्य पनि रहेको प्रष्ट्याए । साथै आयोजक टिमबाट स्वगत मन्तब्य दिँदै सरु सुनुवारले नेपालको इतिहासमै पहिलो पटक हुन गहिरहेको मिस विश्वकर्मा इन्टरनेशनलबाट बिश्वकर्मा समुदायका युवतीहरुको सौन्दर्यता सँगै सिप तथा कला देशबाहिरसम्म चिनिन सहयोग पुग्ने बताइन् । साथै यहाँबाट छानिएका युवतीहरुलाई मिस विश्वकर्मा हुँदै भोलीका दिनमा मिस नेपालसम्म पुग्न सहयोग मिल्ने उनको भनाई थियो  ।

मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिने बताइएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । मिस विश्वकर्मा इन्टरनेशलको मिडिया पार्टनरमा आर्टिस्ट खबर डटकम रहेको छ ।