साउन, काठमाडौं,

नेपाली गीत संगीतको बजारमा तीज गीतहरु आउने क्रममा गायिका मधु क्षेत्रीले आफ्नो नयाँ तीज गीत दर्शकस्रोता माझ ल्याएकी छिन्। उनको तीज गीत पातै फररको भिडियो सार्वजनिक भएको छ। आशिष म्युजिक प्रा.लिले बजारमा ल्याएको यो गीतमा मधुले नै कम्मर मर्काएकी छन् । उनलाई आश्विन मगरले अभिनयमा साथ दिएका छन् । भद्र वलीको शब्द÷सङ्गीत रहेको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन् भने राजेशकुमारले सम्पादन गरेका हुन्।

थुप्रै गीत मार्फत दर्शक–स्रोताको मन जित्न सफल मधुको केही महिना मधुको ‘ब्युटी ब्युटी छ….’ले राम्रै चर्चा पाएको थियो । पछिल्लो समय तीज गीतमा विकृति आएको भन्दै उनले यसको मर्म र भावना अनुसार गीत बजारमा ल्याउनु पर्ने बताइन । ‘मैले यसैलाई मध्यनजर गर्दै पातै फरर… बजारमा ल्याएकी हुँ’, उनले भनिन् ।

गत ७ वर्षदेखि नेपाली गीत–सङ्गीतमा आफ्ना क्रिएशनहरु दिँदै आएकी मधुले बलराम राजवंशी, प्रकाश गुरुङसँग यससम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन् । सङ्गीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तत भएको बताउँछिन् । ‘दोहोरीमा अहिले फोहरी भइरहेको छ, यो राम्रो होइन’, उनी भन्छिन् । देश र देशबाहिरका विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी उनी आफ्ना अन्य गीत जस्तै यसपालीको तीज गीत ‘पातै फरर…’ले स्रोता÷दर्शकको औधी माया पाउने दाबी गर्छिन ।