गिरीलाई ‘रङ्ग पत्रकारिता सम्मान’

साउन, काठमाडौं ।

रंग पत्रकार कुबेर गिरीलाई ‘रङ्ग पत्रकारिता सम्मान २०७४’ द्धारा सम्मान गरिने भएको छ । तेस्रो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४’मा उनलाई सो सम्मान दिन लागिएको हो । राजधानीको रातोपुलस्थित रकहाउस क्याफेमा आइतबार आयोजित अवार्डका उत्कृष्ट पाँच मनोनयनलाई मनोनयपत्र वितरण गर्ने कार्यक्रममा सम्मान घोषणा गरिएको हो । कार्यक्रममा लोकसञ्चारकर्मी सम्मान चन्द्रमणि गौतमलाई दिने सार्वजनिक गरियो । अवार्ड २७ साउनमा धादिङको ओम शान्ति चलचित्र मन्दिरमा आयोजना हुँदैछ । नुवाकोटबाट प्रकाशित हुँदै आएको सुन्दरादेवी सन्देश प्रत्रिकाले बिगत तीन बर्षदेखि भब्य रुपमा अवार्ड आयोजना गर्दै आएके छ ।

अवार्डमा उत्कृष्ट पाँच भित्र पर्र्ने मध्यबाट छानिएको एकलाई सर्वोत्कृष्ट अवार्ड दिइने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताए । ‘मोफसलबाट शुरु गरेको यो अवार्ड अहिले राष्ट्रियस्तरको गर्न सफल भएका छौ,’ किरणले भने ।

आधुनिक र लोकदोहारी समेत गरेर २१ विधा राखिएको अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रङ्ग पत्रकार तथा गीतकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा लि.काठमाडौंले गर्ने भएको छ ।