‘रुद्र’को प्रचारमा हलहलमा पुगे निखिल तथा निर्माण पक्ष

...

<pre>सा<b>उन, काठमाडौं</b></pre><p style="text-align: justify; ">एक्शन नायक निखिल उप्रेती स्टारर चलचित्र रुद्र यतिवेला प्रदर्शनको अन्तिम तयारीमा रहेको रहेको छ। प्रर्दशनको लागी अब पाँच दिन मात्र बाँकी रहँदा एक्शन स्टार निखिल उप्रेती अनि लिड कलाकार विश्व र सारासँगै चलचित्र निर्माण पक्ष यतिवेला प्रचारको दौडधुपमा व्यस्त रहेको छ।&nbsp;</p><p><p style="text-align: justify;">यसैविच प्रचारप्रसाका लागि शनिबार अभिनेता निखिल उप्रेती दर्शकसँग नजिकबाट साक्षात गर्दै &nbsp;काठमाडौं, भक्तपुर, ललितपुरसँगै बनेपासम्मका हल हलमा पुगेका छन् । निर्देशक रामजी लामिछाने, एक्शन निर्देशक हिमाल केसी, वितरक गोपाल कायस्थसहित अन्य लिड कलाकारहरुलाई लिएर निखिल हल हलमा पुगेका हुन्। उनले &nbsp;नेपाली चलचित्रलाई माया गरेर हल सम्म आएका दर्शकमाझ रुद्रको बारेमा जानकारी दिँदै चलचित्र हेरेर साथ अनि मायालाई कायमै राख्न &nbsp;आग्रह गरेका छन्। ।</p><p style="text-align: justify;">यसरी निखिलसँगै विश्व र सारा हलमा पुग्दा दर्शकहरुको भिड लागेको थियो। निखिलले दर्शकले रुद्रको बारेमा लिएको चासो तथा आफ्नो चलचित्रप्रतिको पर्खाईले उत्साहित बनाएको &nbsp;बताउँदै रिलिज पश्चात दर्शकको राम्रो साथ पाउनेमामा विश्वस्त रहेको बताएका छन्। पछिल्ला रिलिज केहि फिल्मको प्रचार प्रसारमा सुटिङको सेड्युअल जुधाएको, प्रचारमा साथ नदिएको आरोप लाग्दै गर्दा निखिल यो पटक भने सिधा दर्शकमाझ पुगेका हुन् । मिडिया तथा सामाजिक सञ्जाल मार्फतको सबैखाले प्रचारमा उनि सिधा प्रस्तुत भईरहेका छन् । एक्सन लभ स्टोरी जनराको फिल्मको रिलिज ट्रेलरले युट्युव तथा अन्य सामाजिक सञ्जालमा लोकप्रियता कमाउँदो छ । लिड नायक विश्व र नायिका साराको लागी रुद्र डेब्यू चलचित्र हो ।</p></p>