यस्तो बन्यो आना र आशिरमानको ‘ग्याङस्टार ब्लुज’ पोष्टर

...

<pre><b>साउन, काठमाडौं।&nbsp;</b></pre><p>भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तरयारीमा रहेको चलचित्र &nbsp;‘ग्याङस्टार ब्लुज’ को पोस्टर सार्वजनिक भएको छ। ट्रेलर र गीतको रिलिज पछि निकैनै चर्चा कमाइरहेको यस चलचित्र यतिवेला निकैनै प्रतिक्षित बनेको छ। सार्वजनिक पोष्टरमा चलचित्रका लिड कलाकरा नवनायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ भएका छन्। चलचित्रलाई होस्टेल, जेरी, गाजलु निर्देशक हेमराज जोशीले निर्देशन गरेका हुन्। चलचित्रमा आना र आशिरमानको साथै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका चलचित्रमा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।</p>