‘रुद्र’ प्रिमियर सम्पन्न, रेखाले गरिन् निखिलको तारिफ

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

यहि साउन १३ अर्थात आउदो शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘रुद्र’ ले बिहिबार राजधानीमा प्रिमियर शो सम्पन्न गरेको छ । बिश्व शर्मा, सारा र निखिल उप्रेतीको मुख्य भुमिका रहेको यो चलचित्र हेरिसकेपछि चलचित्रकर्मि तथा पत्रकारहरुबाट राम्रो प्रतिक्रिया आएको थियो ।

राजधानीको गोंगबु बिजी मलस्थित ‘बिएसआर’ हलमा गरिएको प्रिमियर मा थुप्रै चलचित्रकर्मिहरुको उपस्थिती देखिन्थ्यो । लामो समय देखी नायक निखिल उप्रेती र रेखा थापाको मनमुटाव रहेको भनिए पनि बुधबार भने निखिल र रेखा अंकमाल गर्दै एकअर्काको तारिफ गरिरहेका थिए । निखिलको निमन्त्रणालाई स्विकार्दै चलचित्र हेर्न हलसम्म पुगेकी रेखाले निखिल र आफु बिच कुनै पनि मनमुटाव नरहेको बताइन् ।

‘हाम्रो सम्बन्ध कहिल्यै पनि नराम्रो भएको होइन । मिडियाहरुमा अलिक लम्बिएर आएको मात्र हो ।’, रेखाले आफुहरुको सम्बन्धको बारेमा प्रष्टाउँदै भनिन्  ।रेखाले चलचित्र हेरिसकेपछि निखिलको ‘नेगेटिभ’ भुमिकाको तारिफ समेत गरेकि थिइन् । साथै निखिलले पनि यो बिषयमा आफुहरु एउटै घरको मान्छे जस्तै भएको र कहिलेकाही घर भित्रको मान्छे बिच सानो तिनो कुरामा मन नमिल्न सक्नेभए पनि आफुहरुको सम्बन्ध राम्रो भएको बताएका थिए । ‘मैले त रेखालाई पहिला देखी नै धेरै मान्छु । हामी बिच त्यस्तो नराम्रो केहि छैन ।’, निखिलले भने । सञ्चारकर्मिहरुको के रेखा जीले अब चलचित्रक्षेत्रका मन मुटावभएका कलाकारहरु सबैसँग सम्बन्ध राम्रो बनाउन थालेकी हुन त भन्ने प्रश्नमा रेखाले सधै आफु चलचित्रक्षेत्रका सबैकलाकारहरुसँग राम्रो सम्बन्धमै रहेको बताइन् । यो भन्दा अघि नायक आर्यन सिग्देलसँग सम्बन्ध सुधारपछि एउटै चलचित्रमा आएको कुरा उठाउदै अब निखिल र रेखाको जोडी हामी एउटै चलचित्रमा कहिले देख्न पाउँछौं भन्ने प्रश्नमा रेखा भन्छिन्– ‘त्यो भोलीका दिनमा हुन पनि सक्छ । अहिलेनै हामी यहि चलचित्रमा आउदैछौं त भन्न सक्दैनौं तर हामी दुईले सल्लाह गरेर भोलीको दिनमा घोषणा पनि गर्न सक्छौं ।’ चलचित्र प्रिमियरमा अर्का एक्शन नायक बिराज भट्ट पनि आउने कुरा चलेपनि उनी भने देखिएका थिएनन् ।

रामजी लामिछानेले निर्देशन गरेको यो चलचित्रमा निखिल, विश्व, साराको साथमा ज्याक श्रेष्ठ, रोय दिप, ध्रुब कोइराला, भाष्कर वली, अनिल पाण्डे लगायतको अभिनय रहेको छ । चलचित्रका रामशरण कोइराला सहायक निर्देशक हुन् ।