पार्वतीको ‘कट्टुमा बुट्टा’ (भिडियो)

...

<pre><b>साउन, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायक गोपाल नेपालले कमेडी जनराको नयाँ गीत लिएर दर्शकमाझ आएका छन् । गीतको बोल ‘कट्टुमा बुट्टा’ छ तर गीतले भन्न खोजेका शब्दहरु सांकेतिक छन् । जहाँ पछिल्लो समय नारीहरुको गहना मानिने साडी चोलो को प्रयोगमा कमि आउँदै गर्दा त्यसलाई व्याङ्ग्यात्मक प्रहार गर्दै गीतका शब्दहरु बुनिएका छन् । उक्त गीतमा गोपाललाई स्वरमा साथ पुर्णकला बिसीले दिएकी छिन् ।</p><p style="text-align: justify; ">युट्युवमा रिलिज उक्त गीतमा शब्द संगीत शंकर चालिसेको छ भने हट मोडल पार्वती राईसँग नरेश एमसीले कम्मर मर्काएका छन् । राजेश घिमिरेले खिचेको उक्त गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका छन्, सम्पादन नविन घर्ती मगरको छ । आशिष म्युजिक प्रालीको तर्फबाट बाहिर आएको गीतले दर्शकको मन जित्ने तथा यो बर्षको तीजमा नारीहरुलाई कम्मर मर्काउन राम्रो खुराक बन्ने गायक गोपालले विश्वास व्यक्त गरे ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/LQ_svxnUCnM" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>