‘लिला’को प्रचारप्रसारका लागि नौलो सुरुवात

साउन, काठमाडौं।

चलचित्रको निर्माण पछि दर्शकहरुले चलचित्र हेर्ने र नहेर्ने भन्ने कुरामा प्रचारप्रसार ले पनि उत्तिकै महत्व बोकेको हुन्छ्। र सम्पुर्ण निर्माता हरु आफ्नो चलचित्रको व्यापक प्रचारप्रसारमा जुटिरहेका हुन्छन्। पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रचारप्रसारको लागि नयाँ नयाँ शैली हरु पनि आउन थालिसकेको छ। यसैविच चलचित्र लिलाको टिमले पनि आफ्नो प्रचारप्रसारमा नौलो सुरुवात गरेको छ।

‘लिला’ले आफ्नो प्रचार प्रसारको थालनी समाज सेवाबाट गरेको छ । आइतबार निर्माण युनिटले पशुपती स्थित बृद्धाश्रममा आश्रृत बृद्धबृद्धालाई भोजन गराउँदै चलचित्रको प्रचारको सुरुवात गरेको छ । निर्माता कृष्ण प्रसाद दंगालको जन्मदिनको अवसर पारेर चलचित्र युनिटले समाजसेवा मार्फत प्रचार सुरु गरेको हो ।कार्यक्रममा चलचित्रका अभिनेता राज कटुवाल, अभिनेत्री संन्चिता लुइटेल, कलाकार निर्माता सिपी पौडेल, हाँस्य कलाकार देबिराम पराजुली, निर्माता लक्ष्मण बस्नेत, निर्देशक रमेश कोइराला, सहायक निर्देशक राधाकृष्ण लगायतले आफ्नै हातले बृद्धबृद्धालाई खाना खुवाउँदै आफ्नो प्रचारको सुरुवात गरेका थिए। ‘प्रचार प्रसारको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने हिसावले बृद्धबृद्धाको सेवा गरेर सुरुवात गरेका हौं’ निर्माता मध्यका एक सिपी पौडेलले भने ‘चलचित्रको प्रस्तुतकर्ता कृष्ण सरको पनि जन्मदिन परेकोले आजबाट प्रचार थालिएको हो ।’

भदौ ३० बाट प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र लिलालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल,  धुर्व कोर्इराला, निस्तोज निरौला, देवीराम पराजुली(भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय रहेको छ ।लक्ष्मण बस्नेतको लेखन रहेको चलचित्रको प्रस्तुतकर्ता कृष्णप्रसाद दंगाल हुन् साथै लक्ष्मण बस्नेत, विमला घिमिरे यसका निर्माता हुन्। कलाकार सिपी पौडेल चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्।