सुमन सागरले ल्याए तीज गीत ‘भुरुरु उड्यो रानी चरी’ (भिडियो)

साउन, काठमाडौं।

हिन्दु महिलाको चाड तीज जती नजिकिदै छ, यससम्बन्धी गीत–संगित पनि त्यति नै घन्किरहेका छन् । यसैविच सुमन सागर ले पनि आफ्नो तीज गीत बजारमा ल्याएका छन्। उनको 'भुरुरु उड्यो रानी चरी' बोलको गीतको भिडियो हालै युट्युबमा आएको छ।   खुमराज घिमिरेको लय तथा कुशल बेल्बासेको शब्दमा अलिना शाक्य घिमिरे, सोम्ना घिमिरे र सुमन सागर जंग के.सी.को स्वर रहेको उक्त गितमा अभिनय पनि अलिना शाक्य घिमिरे, सोम्ना घिमिरे र सुमन सागर जंग के.सी.को नै रहेको छ ।साथै भिडियोमा  लोकप्रिय हास्यश्रृखला भद्रगोलका सिते बा मधुसुधन पाठक र कमलमणी नेपाल खुपिका बाउ लाई पनि देख्न सकिन्छ्।

भिडियोलाई गायक सुमनले नै निर्देशन गरेका हुन्।  वर्षौपछि भेटिएका साथीहरुसँग उमेर भएर पनि विवाह नगरी माइतीमा बाबा आमाको कडा निगरानीमा बसेका छोरीहरुको बेदनालाई तिज गित भिडियो मार्फत बाहिर ल्याउन लागेको उक्त भिडियोका निर्देशक तथा कोरियोग्राफर के.सी.ले बताए । वुद्ध थापाको छायांकन तथा सुरेश राउतको सम्पादन रहको उक्त गितको दृश्य निर्माण वि मानब आर्ट स्टुडियोको गरकोे छ ।