<pre><b>साउन, काठमाडौं</b></pre><p style="text-align: justify; "> ईप्लानेट प्रालिको सहकार्यमा होलिडेज् क्रियसन होमको आयोजनामा च्याम्प चितवन प्रतियोगिता सम्पन्न भएको छ। यस पटकको ‘च्याम्प चितवन २०७४’को उपाधि अशु श्रेष्ठ र दिवश सापकोटाले जितेका छन् । यसका साथै अशुले पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो बनाएकी छिन्। त्यस्तै प्रतियोगितामा सिम्रन भुषाल र सुयोग उपाध्याय फस्ट रनर अप तथा आरजु गौतम र दिपक गौतम सेकेन्ड रनर अप बनेका छन्। </p><p style="text-align: justify; ">३० बालिका र २० बालकहरुको प्रतिस्पर्धा रहेको प्रतियोगितामा कुसुम अधिकारी र आरोग्य हमाल कन्जिनियालिटी, आयुष जोशी र अन्जु गौतम क्रियटिभ, आशमान गुरुङ र स्मृति दाहाल कन्फिडेन्ट, आदर्श लामिछाने र अल्पिका राउत कम्युनिटी डेडिकेसन अवार्ड, कृतिम चौधरी र प्रसन्न रिमाल वेष्ट वाक, सुबिन जोशी र अनुष्का जोशी फोटोजेनिक तथा पपुलर विधामा बालक तर्फ सुबिन जोशी विजयी बनेका छन्। </p><p style="text-align: justify; ">सन्तोष सापकोटा, दिपक खांण लगायत निर्णायक रहेको कार्यक्रममा अभिनेता राजेश हमाल समेत पुगेका थिए । प्रतियोगिताको कोरियोग्राफी अनिला श्रेष्ठले गरेकी थिइन् ।</p><p style="text-align: justify; ">प्रतियोगीताका उत्कृष्ट ६ जनाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् । जसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रम आयोजक संस्था इप्लानेटले नगद ३०००० रुपिया सहित अन्तराष्ट्रिय कार्यक्रमको प्रतिनिधित्व ब्यवस्था आफुले मिलाउने इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताएका छन्। </p>