गायक तथा संगीतकार राइमन राईले गरे आत्महत्या

साउन, काठमाडौं

करिब डेढ दशक देखि गीत संगीत क्षेत्रमा सक्रिय रहेका चर्चित गायकतथा  संगीतकार राइमन राईले आत्महत्या गरेका छन् । धरान  सिर्जनाचोकस्थित आफ्नो फुपुको घरमा बस्दै आएका गायक राईलाई  मंगलबार राति  ढोका थुनेर झुन्डिएको अवस्थामा  फेला पारिएको बताइएको छ। उनलाई यस्तो अवस्थामा देखेपछि आफन्तले  प्रहरीलाई बोलाएका थिए। उनको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीहाउसमा राखिएको छ ।

३८ वर्षीय अविवाहित राईले पाँच दर्जन गीतमा संगीत भरेका छन् । उनको एल्वम  ‘मनन’ र ‘मिक्स’ पनि बजारमा आइसकेको छ। किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीका पूर्वअध्यक्ष समेत रहेका राईका भाग्यमा नै थिएन, भाइटीकामा भेट्न आउँदा, मेरो एउटा मुटु थियो चोरी लग्यो लगायत गीत छन् । गायन र संगीतमै जीवन बिताउने भन्दै आएका राईले नयाँ एल्बमको तयारी समेत गरिरहेका थिए ।