यो हो साच्चैनै मौलिकता झल्काउने तिजको गित (भिडियो सहित)

...

nepali teej song 2072 by ratna baniya

साउन, काठमाडौं । यसपालिको नारीहरुको महानपर्व हरितालिका तिज आउन अझै महिना दिन भन्दा बढि छ । तिज नजिकिँदै गर्दा बजारमा तिज बिशेष गितहरु आईरहेका छन् । नेपाली नारीहरुको महानपर्व मानिने तिजले नेपाली मौलिकता झल्काएको हुन्छ । एक नारी आफ्नो माईती घरको सम्झनामा माईति सँग आफ्नो दुख सुखको बेदना पोख्ने चाडको रुपमा मान्दै आइएको छ तिज पर्व लाई ।
nepali teej song 2072 by ratna baniyaपछिल्लो समय तिजका गितहरुमा आधुनिकिकरण ले छोएको देख्न सक्छौं । तिज गित भनेर बजारमा आएका गितहरुले तिजको मौलिकता झल्काएका हुँदैनन् । बजारमा छोटो समयमा चर्चा पाउने तरिकाबाट बनाईएका गितहरु प्छिल्लो समयमा आईरहेका छन् । पहिलाका दिनहरुमा जस्तो सिडी,क्यासेट नबिक्ने हुँदा गितहरु आजभोली युट्युवको भिजिटरमा चित्न बुझाउनु परेको छ । त्यसैले पनि पछिल्लो समय युट्युवलाई केन्द्रित गरी चर्चा पाउनका लागि मात्र गितहरु बजारमा आईरहेका छन् ।

nepali teej song 2072 by ratna baniyaयसबर्ष बजारमा थुप्रै तिज गितहरु बजारमा आईसकेका छन् र आउनेक्रममा पनि छन् । तर अहिल सम्म आएका गितमध्ये साच्चै नै तिजको मौलिकता झल्काउने गित पनि बजारमा देखिएका छन् । केहि बर्ष अगाडि कै शैलीमा बजारमा आएको उक्र गितले पनि दर्शकको मन जितेको छ । सासु बुहारीको जुहारी नाम दिइएको उक्त तिजगितमा सासु र बुहारीको झगडा साथै तिजमा माईत जानुको महत्वलाई देखाउन खोजीएको छ । जुन हामी धेरै बर्ष अगाडिका गितहरुमा देख्ने गर्दथ्यौं ।

teej song by ratna baniyaयस गितले अन्य गित जसले बजारमा चल्नका लागि भिडियो राम्रो हुनुपर्छ शब्द जस्ता भएपनि हुन्छन् भन्ने गितलाई शब्द राम्रो भए भिडियोमा धेरै दुख गर्न नपर्ने पुष्टि गराएको पनि बुझ्न सक्छौं । रत्न बानिया, गौरब गिरी, कोपिला छिनाल, कुमारी चेपाङ, सुजना पाण्डेको स्वरमा रहेको उक्त गित बजारमा आएको करिब बिस दिन पुगेको छ । छोटो समयमै पनि उक्त तिज गितलाई दर्शकले रुचाएका छन् । युट्युवलाई नै आधार मान्ने हो भने पनि दुई लाख पटक भिजिट भईसकेको छ । त्यसतै उक्त भिडियो हेरेर प्रतिक्रिया दिने दर्शकपनि थुप्रै छन् ।

singer ratna baniya

गायक रत्न बानिया

जसमा तिजको मौलिकता झल्काउने र बास्तबिक तिजको गित यस्तो हुनुर्छ भन्दै थुप्रै प्रतिक्रिया हरु आएका छन् । झरना तिज भिसिडी एल्बममा रहेको उक्त गितको शब्द लेखन गायक रत्न बानियाले नै गरेका हुन् ।

यसैबिच गितका गायक रत्न बानिया सँग आर्टिस्ट खबरले केहिकुरा गरेको छ । कुराकानीमा गायक रत्न बानियालाई हामीले यस्तो प्रश्न गर्यौ – अहिले पनि यस्तो शैलीको गित निकाल्दा दर्शकले रुचाउँछन् जस्तो लागेको थियो त ? बानियाले यसरी उत्तर दिएः पछिल्लो समय बजारमा आएका गित र मेरो यो गितमा धेरै फरक छ तर पनि दर्शकले चाहेको गित कस्तो हो त भनेर मैले बजारमा यस्तो शैलीको गित ल्याएको हुँ । पछिल्लो समय बजारमा चर्चाका लागि मात्र आएका गितहरु पनि दर्शकले मन त पराउँछन् होला तर बास्तवमै तिजको भाव बोकेको गित खोज्ने दर्शक धेरै छन् ।
गायक बानियाले आफुले अन्य शैलीको गित गाएको तर आधुनिकीकरण मिसिएको गित भन्दा यस्तो गित दर्शकले मन पराएको बताउँछन् ।

यस्तो छ तिजको मौलिकता झल्काउँने गितको भिडियो ।

प्रस्तुतीः गोपिकृण्ण