निर्देशक बन्ने तयारीमा राजेश हमाल

साउन, काठमाडौं।

नेपाली सिनेक्षेत्रमा महानायकको रुपमा परिचित राजेश हमालले अब निर्देशकीय क्षेत्रमा पनि हात हाल्ने भएका छन्। हालै एक इभेन्टको प्रेसमिटमा बोल्दै उनले चलचित्र निर्देशन गर्ने घोषणा गरेका छन्।

चलचित्रको कथाको बारेमा अध्ययन गरिरहेको बताउँदै उनले अब दर्शकहरुले आफ्नो निर्देशन रहेको चलचित्र पनि छिट्टै हेर्न पाउने बताएका छन्। अबको डेढ वर्ष भित्रै आफ्नो निर्देशकीय कला पनि देख्न पाउने उनले बताएका छन्। कार्यक्रममा उनले आफुले बनाउने चलचित्रमा अहिलेको जस्तो आधुनिकता कम हुने भन्दै विशुद्ध मौलिक विषयमा चलचित्र रहने जनाएका छन्।

दर्शकहरुले वर्षौ देखि नायकको रुपमा हेर्दै आएका राजेश हमाललाई अब निर्देशकको रुपमा पनि देख्न पाउने भएका छन्।