मिस विश्वकर्मा इन्टरनेशनलको तालिममा करिश्मा मानन्धर

आर्टिस्ट खबर/ साउन, काठमाडौं ।

विश्वकर्मा समुदायका युवतीहरुलाई सृजनशील बनाउनका लागी आयोजना हुने 'मिस विश्वकर्मा इन्टरनेशनल'को यतिखेर तालिम चलिरहेको छ । आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको 'मिस विश्वकर्मा इन्टरनेशनल'का जम्मा १७ प्रतियोगीतहरुका लागी २५ जुलाईबाट तालिम शुरु भएको हो ।

तालिमको क्रममा अभिनेत्री करिश्मा मानन्धरले प्रतियोगीतहरुलाई तालिम दिएकी छिन् । तालिमको ९ औं दिनमा एकदिने तालिममा सहभागि भएकी करिश्माले तालिममा रहेको युवतीहरुलाई सौन्दर्य तथा राजनितिक बिषयमा तालिम दिएकी थिइन् । करिश्माले युवतीहरुको सौन्दर्यता निकै महत्वपुर्ण भएको र सँगै राजनितिक बिषयपनि जान्नु आवश्यक भएको बताएकी थिइन् ।

अब करिब नौं दिनसम्म चल्ने तालिममा मिस नेपाल २००५ कि सुगारिका केसी, मोडल तथा नायक दिक्पाल कार्की आउने आयोजक मोनाली ईन्टरटेन्मेन्टका प्रमुख दिपक बराईलीले आर्टिस्ट खबरलाई जानकारी दिए । बराईलीका अनुसार अभिनेता राजेश हमाललाई पनि तालिममा ल्याउने जमर्को गरेको बताइएका छन् । हमालको समय मिलेसम्म तालिममा आउन आग्रह गर्ने उनको भनाई छ ।

साथै अहिले तालिममा सहभागी मध्ये आउदो भदौ १ गते टप १० छानिनेछ । मिस विश्वकर्मा इन्टरनेशल को बिजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली  इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने  र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बराइलीले बताए। सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वर्ल्स र आई एम ई ले मुख्य प्रायोजन गरेको छ । मिस विश्वकर्मा इन्टरनेशलको मिडिया पार्टनरमा आर्टिस्ट खबर डटकम रहेको छ ।

Miss Bishwokarma International top 16 Contestants: