रमेश बाबा नेपालको निर्देशनमा ‘मेरो माया त्रिकाल’ (भिडियो सहित)

...

director ramesh nepal news song mero maya tirkalaye

साउन, काठमाडौं । यतिखेर बजारमा बिभिन्न किसिमका गितहरु आईरहेका छन् । नेपाली गितसंगितको क्षेत्रमा अहिलेको समयलाई हेर्नेहो भने पछिलाका तुलनामा धेरै गितहरु बजारमा आउन थालेका छन् । तर जति धेरै गित बजारमा आएका छन् त्यतिनै गितमा क्वालिटी भनि घट्दै गएको छ अर्थात अनुभवि र दक्ष नभएका निर्देशक तथा निर्माताहरुले पनि यो क्षेत्रमा हात हाल्दा केहि त्यस्ता स्रष्टाहरुलाई समस्या परेको छ जुन साच्चैनै कला भएको व्यक्तिहरु छन् । यस्तैक्रममा एक दक्ष निर्देशक रमेश बाबा नेपालले आफ्नो नयाँ म्युजीक भिडियो बजारमा ल्याएका छन् । मेरो माया बोलको पप् रक गितको म्युजीक भिडियो सोमबार सार्वजनिक गरीएको हो । जीन्दगी एल्बममा रहेका उक्त गित मा आफुलाई माया गर्ने मान्छे आफ्नो साथमा नहुँदाको पिडालाई देखाईएको छ । प्रतिभाशाली नव गायक आयुस हमालको लिरिस र कम्पोजमा बनेको उक्त गितमा समेटिएको कथा बस्तु उत्कृष्ट रहेको देख्न सकिन्छ ।

Mahesh and barsa in mero maya music video by trakala

भिडियोमा महेश र बर्षाको उत्कृष्ट अभिनय देख्न सकिन्छ भने क्यामेरा मेन धिरज जंग शाहले पनि मेहनत गरेको देखिन्छ । बिगत लामो समय देखि कलाकारिता क्षेत्रमा सक्रिय निर्देशक रमेश बाबा नेपालले आफ्नो कलाकारिताको पाईला फिल्म क्षेत्रबाट चालेका हुन् पछिल्लो समय फिल्म क्षेत्रसँगै म्युजीकभिडियो निर्देशन गर्ने तर थोरै र राम्रो निर्देशकको रुपमा पनि चिनिदै आएका छन् ।

music video by trikalaye

यसैबिच आर्टिस्ट खबरले निर्देशक रमेश बाबा नेपालसँग केहि कुरा गरेको छ ।
पछिल्लो समय तपाईले निर्देशन गरेका म्युजीक भिडियोले राम्रै सफलता पाएको पाउँछौं नि ?
राम्रै सफलता भन्दा नि दर्शकले मन पराईदिनुभएको छ । सायद म्युजीकभिडियोमा मेरो लगावले गर्दा होला दर्शकले पनि मनपराउनु भएको छ । मेहनत गरेको छु त्यसैले होकि जस्तो लाग्छ ।


अनि तपाईले निर्देशन गर्नुभएका यो भन्दा पहिलाका गितहरु कुन कुन हुन् त्यो पनि बताईदिनुस न ?
मैले यो भन्दा अगाडि सत्यराज आचार्यको स्वरमा रहेको गितामाथी हात राखी, राजेश पायल राईको नानीको चन्चले बानी त्यस्तै हेमनत शर्माको खोलीे पानी बगेर जाने आदी म्युजीक भिडियामा निर्देशन गरेको छु । दर्शकले राम्रै मन पराईदिनुभएको छ ।

अहिलेको गितको कथाबस्तु कस्तो छ ?
अहिलेको मेरो माया गितमा आफ्नो प्रेमीका आफुसँग नहुँदाको पिडालाई देखाईएको छ । सधैं सँगै हुने नभएपछि उसैको यादमा तड्पिएको र हरेक ठाउँमा उसैको यादले सताउने जस्ता कुराहरुलाई देखाईएको छ ।

भिडियो