आफ्नो मृत्युको झुट खवर फैलाउने लाई स्वरुपको यस्तो जवाफ

साउन, काठमाडौं।

नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायकको सुचिमा अग्रस्थानमा पर्ने गायक हुन् स्वरुपराज आचार्य। उनको गीतलाई नरुचाउने सायद कमै व्यक्ति होलान्। गीत संगीत मा निकैनै व्यस्त रहेका उनको पछिल्लो समय मृत्यु भएको खवरले मिडिया निकै तताएको थियो। एक मिडियाले उनको एक गीतको भिडियोलाई विषय बनाएर सवारी साधन दुर्घटना मा स्वरुपराजको मृत्यु भन्ने खवर भाइरल बनाएपछि उनी पछिल्लो समय निकैनै भाइरल बन्न पुगेका छन्।

यसैविषयमा हालै स्वरुपले एक मिडियासंगको कुराकानीमा आफुलाई मरेको भनेर झुट खवर फैलाउनेलाई चोटिलो जवाफ दिएका छन। उनले आफ्नो यो हल्लाका कारण शुभचिन्तक ,आफन्त तथा घरपरिवारमा मानसिक तनाव परेको भन्दै त्यस्तो न्युज लेख्नेलाई पत्रकारको रुपमा नगन्ने बताएका छन्।

उनले आफ्नो न्युजमा दर्शक बढाउनका लागि मृत्युको झुट खवर फैलाएर कलाकारहरुको जिवनसंग खेलवाड गर्नेलाई कानुनी रुपमै प्रक्रिया अगाडि बढाउने बताएका छन्। उनले न्युज लेख्ने व्यक्तिलाई माफी माग्दै दर्शकमा स्पष्ट पार्नका लागि बताउँदा पनि उसले आफुलाई  माफी नमागि प्रलोभन देखाउन खोजेको र केही समयमै  स्वरुपले पत्रकारलाई धम्की दिएको भन्दै स्वरुपसंगको कुराकानी भाइरल बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताए। जसका कारण आफुले कानुनी प्रक्रियामा जान परेको उनले बताएका छन्।

स्वरुपले कुनै व्यक्तिलाई मर्यो भनेर यसरी समाचर भाइरल बनाउनु जघन्य अपराध भएको बताउँदै यो ठुलो मानहानीको विषय बनेको बताएका छन्। स्वरुपले  पत्रकारले कुनै पनि न्युजलाई पुष्टि नगरी प्रसारण गर्नुमा पत्रकारीताको नैतिकता नै नरहने बताएका छन्। जसका कारण आफुलाई दुःख लाग्ने बताएका छन्। र आफुले यस्तो गलत खवर फैलाउने पत्रकारहरुलाई पत्रकारको सुचिमा नराख्ने बताएका छन्।

यसरी गलत खवर भाइरल हुनु आफ्नो मात्रै समस्या नभएर सम्पुर्ण कलाकारीता जगतकै विषय रहेको कारण व्यक्तिगत रुपमा नभएर कानुनी प्रक्रियामा जाने बताएका छन्।  अबका दिनमा यस्तो घट्ना नहोस भन्नको लागि पनि आफुले यो प्रक्रिया गर्न परेको बताए।